काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त भएका छन्। मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेस संसदीय दलको नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको सचिवालयका अनुसार लामा
नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ।


