काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। पार्टी कार्यालय च्यासलमा बाढी पसेपछि आजको सचिवालय बैठक होटलमा बस्ने भएको छ।
एमालेका अनुसार बैठक काठमाडौँको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ।
बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ।
एमालेले पार्टीमा एक व्यक्ति एक पद लागू गर्दै छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ।


