काठमाडौँ- नेकपा एमालेको उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनित भएका छन्। होटल बसेरामा बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनित गरेको हो।
सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई ल्याइएको हो।
बैडकले प्रदेश इन्चार्ज हेरफेर गर्नेसमेत निर्णय गरेको छ। तर पद्मा अर्याल र लेखराज भट्टको भने जिम्मेवारी फेरिएको छैन।
पार्टी सचिव अर्याल लुम्बिनी र अर्का सचिव भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज छन्।
कोशीको इन्चार्जमा शेरधन राईलाई ल्याइएको छ। मधेशमा लीलानाथ श्रेष्ठलाई पठाइएको छ।
बागमतीमा राजन भट्टराई प्रदेश इन्चार्ज बन्दा कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए।
विष्ट, भट्टराई, महासेठ र विश्वकर्माले चुनाव जितकाले संसदीय काममा व्यस्त बनाउन दोहोरो जिम्मेवारी हटाउने निर्णय भएको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए।
यसअघि एमालेले ओलीबाहेकलाई दोहोरो जिम्मेवारी नदिने बताउँदै आएको थियो।


