काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधान संसोधनका लागि प्रमुख ठूला दुइ दल मिलेर सरकार बनाएको बताएका छन्।
शनिवार काठमाडौँको नयाँ वानेश्वरमा आयोजित वागमती प्रदेश भौतिक पूर्वाधार , निर्माण तथा यातायात विभागको सदस्य मनोनित कार्यक्रमलाई संवोधन गर्दै सभापति बानियाँले प्रत्यक्ष निर्वचनमा नै समानुपातिक समाबेसिताको सुनिश्चिततका लागि संविधान संसोधन आवश्यक रहेको बताएका हुन्।
उनले मुलुकको समृद्धि र बर्तमान ब्यावस्था जोगाउनका लागि प्रमुख दुइ ठूला दल मिलेर सरकार बनाएकाले यो सरकारलाई असफल हुने छुट नभएको जिकिर गरे।
प्रदेशसभा सदस्य समेत रहेका सभापति बानियाँले सबै आन्तरिक विवाद छाटेर पाटी बनाउन लाग्नु पर्नेमा जोड दिए।
एकले अर्कोलाई दोस लगाउन छाडेमा काँग्रेसलाई कसैले हराउन नसक्ने भन्दै सभापति बानियाँले माओवादी, राजा र राणासम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको काँग्रेसलाई हराउने भनेको आन्तरिक मनमोटाव नै भएको बताए।
राजनीतिक दल धेरै भएकोले संविधान संसोधन गरेर आगामी निर्वाचनमा थ्रेस होल्डलाई बढाएर पाँच प्रतिशत बनाउन पर्नेमा सभापति बानियाँको जोड थियो।
उनले कांग्रेसले कसैलाई काखा र पाखा नर्गने भएकोले इमान्दार भएर पार्टी निर्माणमा लाग्न विभागका मनोनित सदस्यलाई आग्रह गरे।
काँग्रेसको आगामी नेतृत्वले दाग लाग्ने कुनै काम गर्न नहुने भन्दै सभापति बानियाँले अनियमितता गर्नेजो कोही कानून बमोजिम कारवाहीको भागिदार बन्नु पर्नेमा जोड दिए।
निर्माण र रोजगारीसित जोडिएको विभाग भएकालेले यातायात र पूर्वाधारमा गर्नु पर्ने कामको सुझाव यो विभागले दिएमा सरकारलाई झकझकाउन सकिने सभापति बानियाँको भनाइ छ।
कार्यक्रममा काँग्रेस वागमतीका नेता जगदिश्वर नरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले सममति अनुसार नेतृत्व सहज हस्तान्तरण गर्नेमा शंका ब्यक्त गरे।
उनले यो पटकको सहमति संसदमा रेकर्ड भएपनि सहज विश्वास गर्न सकिने बाताबरण भने नभएको बताए।
संविधानसभा सदस्य समेत रहेका नेता केसीले विभाग वागमती प्रदेशको पार्टीको मेरुदण्ड भएकोले विभागमा रहेका सबै सदस्यले संगठन प्रति बफादार भएर लाग्न आग्रह गरे।
पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिंदै नेता केसीले वागमतीमा कांग्रेस एक भएकोले पाटीैको हित र सङठन निर्माणमा लाग्नु पर्ने बताए।
पार्टीमा कुनै गुट उपगुट नभएमा आगामी निर्वाचनमा कांग्रेसले अहिलेको भन्दा बीस सीट बढाउने नेता केसीको भनाइ थियो।
वागमती प्रदेशका पूर्वमन्त्री कृश्णलाल भणेलले काँग्रेसले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा काँग्रेसले गरेका कामको वस अन्य दलले लिनु पीडादायी भएको जिकिर गरे।
वागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभाग प्रमुख बिक्रम लामाले प्रदेशका अन्य विभाग भन्दा फरक, अब्बल बनाउने प्रतिबद्दता ब्यक्त गरे।
उनले समितिले कतै सीर निहुराउने काम नगर्ने र कांग्रेसको संगठन निर्माणमा मेरुदण्ड बन्न सहयोग पुग्ने काम गर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथिले मनोनित सदस्यलाई प्रमाण पत्र र अन्य अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख अतिथिलाई समितिका प्रमुख लामाले मायाको चिनो प्रदान गरेका थिए।
समितिमा बिभिन्न क्षेत्रका २५ जनालाई सदस्यका रुपमा मनोनयन गर्रिको थियो।


