सुर्खेत- कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसले ४ सांसदलाई पठाएको छ।
एमाले नेतृत्वको कर्णाली सरकारमा राजिवविक्रम शाहको नेतृत्वमा कांग्रेसले पठाएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन्।
नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ।


