काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन्।
आइतबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरूलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताए।
पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि उनले बताए। पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको बताए।
उनले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भूमिका खेल्नुहुने अग्रजहरूलाई सम्मान गर्ने बताए।


