२०८३ कार्तिक २५ गते मङ्गलबार

शाशकीय खराबीलाई सिध्याउन नसके हामीलाई सिध्याउँछन् : अर्जुननरसिंह केसी [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
arjun narsing keshi

काठमाडौँ- नेपाली कांग्रेसका कन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले शासकीय खराबीलाई सिद्ध्याउन नसके तिनैले आफूहरूलाई सिद्ध्याउने बताएका छन्। आइतबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले  यस्तो बताएका हुन्।

‘आज देखिएका यी शासकीय खराबीलाई हामीले सिध्याउन सकेनौं भने यिनैले हामीलाई सिध्याउँछन्,’ उनले समितिमा पे गरेको धारणामा लेखेका छन्, ‘तसर्थ जनताको पदचाप र वरपरका घटनाहरूबाट समयमै शिक्षा लिनु जरुरी छ।’ देशमा तोड्ने नभएर होइन जोड्ने नेतृत्व आजको आवश्यकता भएको उनको भनाइ छ।

‘आगो लगाउने नेतृत्व होइन आगो निभाउने, उत्तेजना होइन, चेतना, आवेग होइन विवेक, तोड्ने होइन जोड्ने नेतृत्व आजको आवश्यकता छ,’ उनले भनेका छन्, ‘यो प्रशिक्षण पार्टीका हरेक तहमा पुग्नु जरुरी छ। यसैबाट पार्टीभित्र सम्पूर्ण एकता कायम हुनसक्छ।’

यस्तो छ केसीको धारणाको पूर्णपाठः

श्री आदरणीय सभापतिज्यू,
नेपाली काँग्रेस, केन्द्रीय कार्यालय
सानेपा (ललितपुर)।

१. प्रस्तुत प्रस्ताव र एजेण्डाबारे
– नीति प्रस्ताव – उपसभापति श्री पूर्ण खड्काबाट
– सांगठनिक प्रस्ताव– महामन्त्री श्री गगन थापाबाट
– समसामयिक राजनीतिक प्रस्ताव– महामन्त्री श्री विश्वप्रकाश शर्माबाट
– जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका
– सयदिने सांगठनिक अभियान लगायत ११ वटा एजेण्डा बैठकमा प्रस्तुत छन्।

यी प्रस्ताव गम्भीर र विश्लेषणात्मक छन्। प्रस्तुतकर्ताहरूको मिहिनेत र बौद्धिकता देखिन्छ। तर १४ औं महाधिवेशनसम्मका यस्ता धेरै पारित प्रस्तावहरू कति कार्यान्वयन भए ? किन भएनन् ? अब कसरी गर्ने ? यसको कार्यान्वयन संयन्त्र निश्चित भएन भने यो निरर्थक कागजको खोस्टो मात्र हुन्छ। तसर्थ नीति मात्र होइन, मार्गचित्र सहित ब्यवहारमा रुपान्तरण पहिलो कर्तव्य र आवश्यकता हो।

२. आजको देशब्यापी निरासा र जनआक्रोशको प्रमुख कारण– भ्रष्टाचार, दण्डहिनता, कुशासन र आर्थिक अपराध हो। यसका बिरुद्ध सरकार र जनस्तरको आन्दोलन काँग्रेसकै नेतृत्व र समन्वयमा हुनुपर्छ। आजसम्म चर्चित र नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन गर्न कुनै पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सर्वशक्ति सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसले नै पहलकदमी गरोस्। यसबारे मैले बारम्बार कुरा उठाएको छु, यहाँ पुनः दोहो¥याउन चाहन्छु।

३. आज देखिएका यी शासकीय खराबीलाई हामीले सिध्याउन सकेनौं भने यिनैले हामीलाई सिध्याउँछन्। तसर्थ जनताको पदचाप र वरपरका घटनाहरूबाट समयमै शिक्षा लिनु जरुरी छ।

४. मुख हेरी दण्ड र पुरस्कार होइन कसूर हेरी दण्ड र क्षमता हेरी पुरस्कार नै हामीले खोजेको विधिको शासन हो र लोकतन्त्र हो। हरेक क्षेत्रमा गुणतन्त्र (मेरिटोक्रेसी) भन्दा आफ्ना मानिसलाई पुरस्कारतन्त्र हावी देखिएको छ। यसले जनमानसमा चरम निरासा उब्जाएको छ।

५. आगो लगाउने नेतृत्व होइन आगो निभाउने, उत्तेजना होइन, चेतना, आवेग होइन विवेक, तोड्ने होइन जोड्ने नेतृत्व आजको आवश्यकता छ। यो प्रशिक्षण पार्टीका हरेक तहमा पुग्नु जरुरी छ। यसैबाट पार्टीभित्र सम्पूर्ण एकता कायम हुनसक्छ।

६. जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लाम्खुट्टे कराएको जस्तो ठान्नु हुँदैन, सुनवाई गर्ने संयन्त्रको विकास जरुरी छ। अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुनसक्छ।

७. दक्षिण एशियामा द्वन्द्वको खतरा र संकटजन्य अवस्था मडारिरहेको छ। शासकहरू एकपछि अर्को पलायन भएका छन्। यसका कारकपक्ष र पृष्ठभूमीतर्फ राज्य र राजनीतिक दलहरूले सुक्ष्म विश्लेषण र अध्ययन गर्दै समयमै चनाखो हुनु जरुरी छ।

– २०७८ साउनमा अफगानिस्तानबाट राष्ट्रपति अशरफ घानी,
– २०७९ असारमा श्रीलंकाबाट महिन्दा राजापाक्ष,
– २०८१ साउनमा बांग्लादेशबाट शेख हसिना वाजेद।

८. लोकतन्त्र वा निर्वाचित सत्ता भए पनि बहुमतको दम्भ, निरंकुशता, तानाशाही, दमनकारी नीति तथा सुशासन कायम हुन सकेन, भ्रष्टाचार रोकिएन भने विकास र समृद्धिको बाटोमा गति लिएर मात्र पनि हुँदैन, सत्ता विनास हुन्छ र देश अप्रजातान्त्रिक शक्तिको हातमा पुग्नसक्छ भन्ने पछिल्ला घटनाहरू हाम्रो निकटतम छिमेकीबाटै देखिएको छ।

९. बांग्लादेशमा अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथिको बर्बर आक्रमण दुःखद र खेदजनक छ। हजारौं बांग्लादेशी हिन्दू १७ किलोमिटर दूरीको नेपालतर्फ प्रवेश गर्ने ठूलो सम्भावना छ। बांग्लादेशको द्वन्द्वले अर्को रुप लिनसक्ने अवस्था छ। यदि त्यस्तो भयो भने त्यसले यस क्षेत्रको राजनीति र शान्तिमा दीर्घकालीन प्रभाव पार्नसक्छ।

१०. पार्टी दुर्बल हुँदा न लोकतन्त्र न त हामी नै सबल हुनसक्छौं। तर निश्चित नीति, विधि, पद्धति र प्रक्रियाभित्र रहेर गुट–उपगुट गिरोह उपगिरोहभन्दा माथि उठ्न र एकताबद्ध बनाउनु सभापतिजीको जिम्मेवारी हो। यसको समन्वयकारी भूमिका आजको आवश्यकता हो। यसको लागि सभापतिजीलाई हाम्रो सहयोग हुनुपर्छ। पार्टीको समग्र एकता पार्टीको निमित्तमात्र होइन, राष्ट्र र प्रजातन्त्रको संकट सम्वोधन गर्न अनिवार्य भएको छ।

११. वस्तुगत यथार्थ र आम जनभावनाको सम्बोधनको मार्गचित्र (रोडम्याप) का आधारमा सांगठनिक अभियान चलाउँदा मात्र सार्थक हुनसक्छ।

१२. सत्ता सहमतिका सात बुँदे सहमतिको आधारमा यथाशिघ्र साझा न्यूनतम कार्यक्रमको तयारी र संविधान संशोधनमा सकेसम्म राष्ट्रका सबै पक्षको सहमति निर्माण यो सरकारको दायित्व हो। सरकार नारामा सीमित रहनु दुर्भाग्यपूर्ण हुन्छ।

१३. वर्तमान सरकारको सफलता राष्ट्रकै निमित्त एउटा ठूलो अवसर बन्नसक्छ र बनाउनु पर्छ। यसको असफलताले सम्पूर्ण पद्धतिमा नै संकट आउन सक्छ भन्ने हेक्का हामीले राख्नुपर्ने जरुरी छ।

(अर्जुननरसिंह के.सी.)
सदस्य
केन्द्रीय कार्यसमिति
आईतबार, २७ श्रावण २०८१

प्रकाशित: २०८१ साउन २७ गते आईतबार ०४:१५
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना