काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानून विभागमा १० सदस्य मनोनित गरेका छन्।
सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कांग्रेस कानून विभागको सदस्यमा १० जनालाई मनोनित गरेका हुन्।
सदस्यमा मनोनित हुनेमा शिवराज पाण्डे (कञ्चनपुर), कलमबहादुर खत्री (सुर्खेत), दिपकराज गौतम (दाङ), ध्रुव श्रेष्ठ (सुर्खेत), दुर्गाबहादुर सुनार (कास्की), रामचन्द्र गौतम (रूकुम पश्चिम) र खिल गिरी (धादिङ) छन्।
यस्तै विभागमा मन्दिरा शर्मा (काभ्रेपलाञ्चोक), अनिलकुमार कर्ण (धनुषा) र शोभा घिमिरे (संखुवासभा) मनोनित भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।


