काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन गरेका छन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपाली रहेका छन्।
यी हुन् विभागका सदस्य
१. डी.पी. अर्याल, काठमाडौं
२. बमबहादुर डि.सी., दाङ
३. भीमार्जन आचार्य, काठमाडौं
४. तारा राई, उदयपुर
५. प्रभातकुमार ललन, सप्तरी
६. राजेन्द्र बुढाथोकी, दाङ
७. तेजबहादुर गोदार, मकवानपुर
८. जयबहादुर बि.सी. (बुढा), सुर्खेत
९. कृष्णबहादुर कुँवर, कञ्चनपुर
१०. लीलबहादुर रनपाल, स्याङ्जा


