काठमाडौँ- काठमाडौँमा धोबिखोलाले बगाएको ट्याक्सी सोमबार बिहान ललितपुरको युएन पार्कनजिक भेटिएको छ।
धोवीखोलाले बगाएको ट्याक्सी बागमती नदीमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
आइतबार बेलुकी करिब सवा ८ बजे नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडि धोबीखोलामा ट्याक्सी खसेको थियो।
ट्याक्सी चालक उर्गेन लामाको उद्धार भएको थियो।
चालक निस्किए पनि ट्याक्सी खोलाले बगाएको थियो।


