काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही पनि नबिराएकाले र नडराएको बताएका छन्।
पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि भएको प्रहारको विषय भने नबुझेको बताएका हुन्।
‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन। मान्छे बचाएर आएको हो‚’ उनले भने।
आफू नडराएको तथा शिर ठाडो गरेर छाती ठड्याएर बसेको दाबी गरे।
कार्यलयमा कार्यकर्तालाई छोटो सम्बोधन गरेर उनी आफ्नै गाडीमा कार्यालयबाट बाहिरिएका छन्।
रवि बाहिरिने क्रममा कार्यकर्ताले चर्का नाराबाजी गरेका थिए।


