२०८३ कार्तिक २१ गते शुक्रबार

उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता, चुनाव नलड्ने मुडमा रास्वपा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १०
rabi_lamichhane

काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ।

आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ता हुनेछ। मंसिर २ मा बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए। साँझ ६ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ।

दर्ता भएको उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म, त्यसै दिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरेर साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ।  त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यस्तै निर्वाचन कार्यतालिका अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि (मंसिर १३ गते राति १२ बजे)देखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

यो उपनिर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने पक्षमा छ। केन्द्रीय समिति बैठकबाट कांग्रेसले आगामी निर्वाचनमा निर्वाचनअघि गठबन्धन नगर्ने विषयमा निर्णय लिइसकेको छ। एमालेले पनि चुनावमा कुनै दलसँग गठबन्धन गर्न जरुरी नभएको बताएको छ। माओवादी केन्द्र भने भरसक गठबन्धन गरेर कांग्रेस-एमालेका उम्मेदवारलाई हराउने दाउमा छ।

यसपालिको उपनिर्वाचनमा रास्वपाले दल दर्ता नगर्ने मुड बनाएको छ। रास्वपाले हालसम्म कुनै पनि स्थानीय तहमा प्रतिस्पर्धा गरेको छैन।

रास्वपाले स्वतन्त्र उम्मेदवारलाई सघाउने रणनीति बनाइरहेको भएपनि औपचारिक रूपमा निर्णय भने सार्वजनिक गर्न बाँकी छ।

तयारी नपुगेको कारण देखाउँदै उले दल दर्ता नै नगर्ने पक्षमा छ। रास्वपा एक पदाधिकारीका अनुसार यो विषयमा पार्टीमा छलफल भएको र औपचारिक निर्णय हुन बाँकी रहेको बताएका छन्।

‘उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने, नउठाउने या स्वतन्त्र उम्मेदवारलाई सघाउने गरी तीन विकल्पमाथि छलफल भएको छ। तर निर्णय भइसकेको अवस्था छैन,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारलाई सघाएर जानु उपयुक्त हुन्छ भन्ने विषयमा कुराकानी भएको थियो। केही दिनमा नै औपचारिक निर्णय आउँछ।’

उपनिर्वाचनपछि पुराना दलहरूलाई स्थानीय तहमा पाएको भोट जोगाउने चुनौती छ। स्थानीय तह निर्वाचनबाट चुनिएका पालिका प्रमुख/उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका पनि मतदाता हुन्छन्।

कहाँ–कहाँ हुँदै छ उपनिर्वाचन ?
आयोगका अनुसार ओखलढुंगा र कैलालीका जिसस प्रमुख रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद पनि रिक्त छन्।

जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ ।

झापाको कन्काई नगरपालिका– ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा गाउँपालिका– १२, बेलका नगरपालिका– ८का वडाध्यक्ष छैनन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४, रौतहटको राजपुर– ६, गढीमाई नगरपालिका– ८ मा पनि वडाध्यक्ष पद रिक्त छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका– १ र ४, काठमाडौं महानगरपालिका-१६, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५ मा वडाध्यक्ष पद रिक्त छ।

यस्तै गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टिगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ मा पनि वडाध्यक्ष छैनन्।

दैलेखको दुल्लु नगरपालिका– १३, कालीकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा वडाध्यक्षका लागि उपचुनाव हुनेछ।

बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ।

कांग्रेसले जितेका दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाका मेयर, एक उपमेयर, मेयर, दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १६ वडा अध्यक्ष  गरी २४ सिटमा उपचुनाव हुन लागेको हो।

माओवादीले जितेका एक गाउँपालिका उपाध्यक्ष र चार वडाध्यक्ष गरी ५ सिटमा उपनिर्वाचन हुनेछ। यस्तै एमालेले जितेका आठ वडाध्यक्ष, जसपाले जितेका एक वडाध्यक्ष र एक जना स्वतन्त्रले जितेको वडाध्यक्ष पदमा चुनाव हुनेछ।

प्रकाशित: २०८१ असोज १० गते बिहिबार ०३:२०
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना