काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।
आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तोकेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
असोज पहिलो साता रास्वपा भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको छ।
बैठकमा राष्ट्रिय भेलाको समीक्षासमेत भएको थियो।


