२०८३ कार्तिक १३ गते बिहिबार

विमानस्थलमा भिड, टिकटमा चर्को मूल्य असुलेर एयरलाइन्सले थाले बार्गेनिङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
Domestic Airport_NPL8

काठमाडौँ- आइतवार मौसम अनुकूल भएपछि ३ दिनसम्म रोकिएको आन्तरिक उडान सुरु भएको छ। हाल आन्तरिक उडानतर्फको कक्षमा यात्रुहरुको भिड छ।

अत्यधिक उडान चाप ले ५-६ घण्टा सम्म पनि उडान ढिलो भएको र कति यात्रुलाई आज उडान हुन नसक्ने भन्दै फिर्ता पनि पठाइएको यात्रुहरुको आरोप छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै संख्यामा अवतरण हुने तालिका तय गरेको थियो।

खराब मौसम हुँदा पछिल्लो तीन दिनदेखि हुन नसकेको र रोकिएका उडानका कारण आइततबार उडानमा चाप बढेको शेर्पाले बताए।

उडान सुरु भए पनि अधिकांश ठाउँको टिकट भने सकिएकाले नयाँ टिकट पाउने अवस्था छैन। काठमाडौं-सिरहा, काठमाडौं-धनगढी, काठमाडौं-पोखरा, काठमाडौं-विराटनगरसहित लगभगै सबैतिरको टिकट सकिएको छ।

आज र भोलिको टिकट पूर्णतया सकिएकाले पर्सिदेखि मात्रैको टिकट सकिएकाले यसअघि नै टिकट बुकिङ गरेका बाहेक अन्य नयाँले टिकट पाउने अवस्था नरहेको बुद्ध एयरका एक कर्मचारीले बताए।

देशभर ३२ वटा राजमार्ग विभिन्न स्थानमा अवरुद्ध भएपछि एयरलाइन्सले चर्को मूल्य असुली गरेका छन्।

एयरलाइन्सले टिकटमा असुलीधन्दा मच्चाएपछि अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट हवाई भाडा महँगो नलिन अनुरोध गरेका छन्।

सडक सम्पर्क टुटेपछि एयरलाइन्सहरूले मनपरी भाडा लिएपछि प्रधानमन्त्रीले अमेरिकाबाटै विपत्तिको समयमा महँगो हवाई भाडा नलिन भनेका हुन्।

‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ,’ उनले लेखेका छन्, ‘हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ। नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ। हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ।’

विपदको समयमा एयरलाइन्स कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको बताए।

‘विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ,’ उनले भने। उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताए।

वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरु लागेको दाबी गरे। ‘हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरुलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ,’ उनले भने।

श्री एयरलाइन्सका संस्थागत प्रवन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे। ‘सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ,’ उनको दाबी छ। उनको दाबीविपरीत अधिकतम् दरमा एयरलाइन्सहरूले टिकट बिक्री गरिरहेका छन्।

काठमाडौँ–विराटनगरको एकतर्फी रु सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर रु ९ हजार ९ सय पुर्‍याए। साथै काठमाडौं–धनगढीको एकतर्फी भाडा रु १७ हजारसम्म निर्धारण गरिएको छ।

हाल काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छन्। यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन। काठमाडौं भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ। काठमाडौंबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौं आवतजावत गर्ने सवारी साधन रोकिएका छन्।

मनपरी मूल्यवृद्धि भएपछि राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिका सभापति रामहरि खतिवडाले आज देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिए।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ,’ निर्देशनमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु।’

हवाई टिकटमा चर्को शुल्क असुली गरेका वायुसेवा सञ्चालकहरूले विपदको मौका छोपेर सरकारसँग बार्गेनिङ सुरु गरेका छन्। विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गर्दै सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्यान्डिङ र पार्किङलगायतको शुल्कमा छुट दिन माग गर्ने गतिलो अवसरका रूपमा विपदलाई प्रयोग गरेका छन्।

सरकारको निर्देशन र नागरिकस्तरबाट आलोचना भएपछि बसेको वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले अधिकतम् शुल्क नलिने निर्णय गरी सरकारसँग छुटका लागि माग गरेको हो।

सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको बताए। उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए।

संघले उक्त निर्णय गरे पनि एयरलाइन्सहरूले तीन दिनसम्मको टिकट भने बिक्री गरिसकेका छन्। टिकट बिक्रीपछि संघले देखावटी निर्णय गरेको हो।

‘कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।

इसेवा लगायतका मोबाइल बालेटमा टिकट पाउन सकस छ। साथै, विभिन्न वायुसेवा कम्पनीहरुले पनि टिकट उपलब्ध नहुने जनाइसकेको छ।

आन्तरिक तर्फको टर्मिनलमा भीड छ। यतिखेर विमानस्थलले रात्रि उडान भने सबै विमानस्थलमा गर्ने तरयारी गरिरहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले बताए। ‘उडान संख्या अहिले भन्न सकिएको छैन। दुई दिन उडान बन्द हुँदा चार देखिएको छ। हामी हाम्रो क्षमताले भ्याएसम्म व्यवस्थापन गरिरहेका छौं,’ उनले भने।

उनका अनुसार काठमाडौं आउने भन्दा बाहिरिनेको संख्या अहिले धेरै छ। सडकमार्गहरु बन्द हुँदा पनि बाहिरिनेको संख्या बढेको हो।

सडक बन्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा ‘रेकर्ड ब्रेक’ भएको छ।

आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२६ उडान तथा अवतरण तय भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै संख्यामा अवतरण हुने तालिका तय छ।

हालसम्म तय भएका उडान र अवतरण गरेरै आन्तरिकमा ३१२ वटा उडान तालिका छन् भने अन्तर्राष्ट्रियमा पनि ५७ वटा उडान र ५८ वटा अवतरणको तालिका छ।

प्रकाशित: २०८१ असोज १३ गते आईतबार ०९:२८
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना