काठमाडौँ- बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
यसका साथै अन्य राहत प्याकेजका विषयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
बैठकले राहत कोषमा एक अर्ब रुपैयाँ अर्थ मन्त्रालयले निकासा गराउने निर्णय समेत गरेको छ।
यस्तै प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब पनि राहत कोषमा जम्मा गर्ने निर्णय भएको ती मन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओली अमेरिकाबाट फर्किएकै दिन मन्त्रिपरिषद् बैठक बसेको हो।


