२०८३ कार्तिक २१ गते शुक्रबार

सरकारलाई राज्य व्यवस्था समितिले दियो ४ निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १५
rajya_vyabastha

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरी हालै गएको बाढीपहिरोबाट प्रभावित परिवारलाई दिने राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए।

उनले भने, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाल सरकारले सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन गर्दछ।’

यस्ता छन् निर्देशनका चार बुँदा
१.राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक नेपाल सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडी बढाउन निर्देशन गर्दछ।

२. हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पुर्ववत मूल्य वढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरुले राहत छिटो भन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ।

३. विभिन्न जिल्लाका अलपत्र परेका यात्रीहरुलाई तुरुन्तै उद्दार गरी गन्तव्यमा पुन्याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन गर्दछ।

४. वर्षाका कारण नष्ट भएका सिचाई कुलोहरु, पिउने पानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरि जनताको दैनिकी र यस अवस्थामा घाइतेहरुको औषधी उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने।

प्रकाशित: २०८१ असोज १५ गते मङ्गलबार ०३:५५
प्रतिक्रिया

थप समाचार

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना