काठमाडौं– दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार बेलुकी ६ बजे घोराही उपमहानगर–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा१ख१२०१ नम्बरको बसले रा३प४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसले ठक्कर दिएपछि मोटरसाइकल चालक रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको ज्यान गएको हो।
दुर्घटनामा घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


