काठमाडौँ- जनमत पार्टीका केन्द्रीय सचिव बिपी साहसहित ७ जना नेताको निलम्बन फुकुवा भएको छ।
उनीहरूमाथि गरेको तीन महिनाको निलम्बन फुकुवा भएको जनमत पार्टीले जानकारी दिएको छ। केन्द्रीय अनुशासन समितिले उनीहरूको निलम्बन फुकुवा भएको जानकारी दिएको हो।
सोमबारदेखि नै उनीहरूको निलम्बन फुकुवा भएको हो।
केन्द्रीय सचिव विशेश्वर प्रसाद (बिपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, विद्यार्थी संगठनका पूर्व सिराहा जिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, अनिताकुमारी यादव, दीपनारायण यादवको निलम्बन फुकुवा भएको हो।
असार २० गते उनीहरू निलम्बनमा परेका थिए।



