काठमाडौँ- स्वास्थ्यमन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।
मंगलबार चौथाइवालेले स्वास्थ्यमन्त्री पौडेलसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धबारे छलफल भएको स्वाथ्यमन्त्री पौडेलले बताएका छन्।
‘भेटका क्रममा हामीले नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका विषयमा कुराकानी भयो,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको मित्रताका विविध आयामबारे पनि विचारविमर्श गर्यौं।’


