काठमाडौँ– काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल अन्तर्गत काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ।
टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएपछि उसले १११ रन जोड्न सफल भएको हो।
खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे। उनी एनपीएलको एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन्।
३९ वर्षे भेट्रान बलर तनविरले २१ रन खर्चेर ५ विकेट लिएका हुन्।
काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन्।
चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन्।


