काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार दुई खेल हुँदैछन्।
एनपीएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ।
एनपीएलमा दुवै टोलीको तेस्रो खेल हो। यसअघि दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ। पहिलो खेलमा लुम्बिनी लायन्स विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो। सुदूरपश्चिम रोयल्सले भने दुई वटै खेल जितेको छ। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो।
शनिबार कर्णाली याक्स र विराटनगर किङ्ग्स पनि भिड्दैछन्। दिउँसो सवा १ बजे यी टिमबीच स्पर्धा सुरु हुन्छ।

एनपीएलमा तीन खेल खेलेको कर्णाली याक्स दुईवटामा पराजित हुँदा एक खेल जितेको छ। तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो।
एनपीएलका सबै खेल त्रिवि क्रिकेट मैदानमा भइरहेका भइरहेका छन्।


