२०८३ कार्तिक १४ गते शुक्रबार

‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउने प्रक्षमा कांग्रेस छैन’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २
prakassaran mahat congress
अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत।

काठमाडौं – अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाउने पक्षमा कांग्रेस नरहेको बताएका छन्। पार्टी प्रवक्ताका रूपमा मङ्गलबार पत्रकारहरुसँग कुराकानी गर्दै डा महतले यस्तो बताएका हुन्।

‘नक्कली शरणार्थीको गंभीर विषय हो। यसलाई पार्टीले गम्भीर रूपमा लिएको छ। यो प्रकरणमा अनुसन्धान जारी छ,’ उनले भने, ‘पार्टी दोषीलाई जोगाउने पक्षमा छैन।’

पक्राउ परेका कांग्रेस नेताले अनुसन्धानमा सघाइरहेको उनको दाबी थियो। यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्वसांसद आङटावा शेर्पा प्रहरी हिरासतमा छन्। ‘वहाँहरुले निर्दोष छु भन्नू भा छ। अनुसन्धानमा सहयोग गर्छु भन्नु भा छ। निष्पक्ष अनुसन्धान होस्,’ उनको भनाई छ।

खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले उनलाई निलम्बन नगरिएको डा महतले उल्लेख गरे। ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो।’

यो प्रकरणमा मिडिया ट्रायल गरेर दोषी करार गर्ने प्रयास भइरहेको पनि उनको भनाइ थियो।

प्रकाशित: २०८० जेठ २ गते मङ्गलबार १२:२४
प्रतिक्रिया

थप समाचार

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलान...

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन...

खाणलाई थुन्ने कि छाड्ने? न्यायाधीशकै राय बाझियो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गर्ने या बदर गर्ने भन्ने विषयमा न्यायाधीशहरूबीच...

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरका छोरा र रिजाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ। भुटानी शरणार्थी नेता रिजाललाई अदालतले शुक्रबार  १५ लाख रुपैयाँ धरौटी...

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीसहित ८ जनालाई थुनामा राख्ने आदेश सदर

ललितपुर- उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरेको छ। शुक्रबार उच्चका न्यायाधीश जनक पाण्डे...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना