एजेन्सी – अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजयी डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा आज हुने भएको छ।
आज अमेरिकी संसदको संयुक्त सत्र क्यापिटल हिलमा इलेक्टोरल कलेजको मत गणना हुँदै छ। उपराष्ट्रपति कमला ह्यारिस सिनेटको अध्यक्ष भएकाले यो प्रक्रियाको अध्यक्षता उनले गर्नेछिन्।
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन भएको थियो। यसमा ट्रम्प विजयी भएका थिए। ट्रम्पले ३१२ इलेक्टोरल भोट पाए भने उनका प्रतिद्वन्द्वी कमलाले २२६ इलेक्टोरल भोट मात्र पाएकी थिइन्। अमेरिकामा राष्ट्रपतिको चुनाव जित्न उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ।
राज्यका प्रतिनिधिले मिलेर राष्ट्रपति चयन गर्छन्
अमेरिकामा जनताले निर्वाचकहरू (राज्यका प्रतिनिधिहरू) चुन्छन्। यी निर्वाचकहरू लोकप्रिय भोट अर्थात् जनमतको आधारमा निर्वाचित हुन्छन्।
जब जनताले भोट दिन्छन् उनीहरूले प्रत्यक्ष रूपमा राष्ट्रपतिलाई मतदान गर्दैनन्, बरु उनीहरूले आफ्नो राज्यका निर्वाचकहरूलाई मतदान गर्छन्।
धेरै मतदाता मिलेर चुनावी कलेज बनाउँछन्। इलेक्टोरल कलेजले राष्ट्रपति चयन गर्छ। अमेरिकी राष्ट्रपति चुनावमा ५३८ निर्वाचकहरू चयन भएका छन्। छनोट भएका मतदाताहरूको संख्या राज्य अनुसार फरक हुन्छ।


