काठमाडौं – जिल्ला अदालत काठमाडौँ परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
बुधबार रवि लामिछाने धरौटीमा रिहा हुने क्रममा त्रिपाठीमाथि हातपात गरेको आरोपमा ललितकुमार केसी पक्राउ परेका थिए।
पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ। प्रहरीका अनुसार उनले आफू घरजग्गा कारोबारी रहेको बयानमा बताएका छन्। तर उनी रास्वपासम्बद्ध व्यक्ति हुन वा होइनन् भन्ने प्रहरीले खुलाएको छैन।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले थुनामा रहेका केसीले हातपात गर्नुको स्पष्ट कुनै कारण बताएका छैनन्। प्रहरीले उक्त घटनामा संग्लन अरू व्यक्तिको पनि खोजी गरिरहेको छ।


