काठमाडौँ – निलम्बित महामन्त्री मुकल ढकाललाई पार्टी फर्काउन पत्र लेखेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ।
रास्वपाले तिम्सिनालाई प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण पनि देखाएको छ।
गत १७ पुसमा पूर्वमहामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए।
पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणि देवकोटाले पार्टीको नियमावलीअनुसार उनलाई निलम्बन गरिएको जानकारी गराएका हुन्।
तिम्सिनाले लेखेको पत्रमा ढकाललाई निकाल्दा पार्टी कमजोर भएको उल्लेख थियो। तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका थिए।
तिम्सिना र यादवले पार्टी विधानमै व्यवस्था भएको ‘राइट टु रिकल’ को अधिकार प्रयोग गरेको बताएका थिए। तिम्सिनाले मुकुलमाथि अन्याय भएको दाबी पनि गरेका थिए।



