काठमाडौं- आगामी आर्थिक वर्षमा आन्तरिक उत्पादन वृद्धि गरी खपत बढाउन ‘हाम्रो उत्पादन हाम्रो स्वभिमान’ अभियान सञ्चालन गरिने भएको छ।
यसका लागि आन्तरिक श्रमशक्तिको उपयोग गरी वस्तु उत्पादनका लागि आवश्यक पर्ने बिउ पुँजी उपलब्ध गराइने राष्ट्रपतिले वाचन गरेको आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ।
आन्तरिक उत्पादनलाई प्रोत्साहन गरी निर्यात बढाएर व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन तथा उपभोगलाई प्रोत्साहन गरिने बताइएको छ।


