काठमाडौं– सरकारले वातावरणमा प्रतिकूल असर नगर्ने गरी ढुंगा, बालुवागिट्टी निर्यात गर्ने नीति लिएको छ। शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा यो विषय समावेश भएको हो।
यस्ता प्राकृतिक वस्तुहरुको मुलुकभित्रै खपत बढाउन तथा निकासी प्रवर्द्धन गर्ने गरी आवश्यक नीति तर्जुमा गरिने बताइएको छ।
यसैगरी वनपैदावरको उपयोगका लागि पनि आवश्यक नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ। ढेलेपेडका रुखहरुको आवश्यक प्रकृया पुरा गरी आगामी दुई वर्षहरुमा उपयोग गर्ने प्रकृया अगाडी बढाइने बताइएको छ।


