२०८३ कार्तिक १४ गते शुक्रबार

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकालाई १० जेठसम्म हिरासतमै राखिने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ७
balkrishna (3)

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा अवैध धन्धा गरेर करोडौं ठगेका १६ जनाको हिरासतबास अवधि १० जेठसम्म लम्बिएको छ। आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने गरी अनुमति लिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति अदालतसँग मागे पनि तीन दिन मात्रै हिरासत राख्ने अनुमति दिएको हो। उनीहरुलाई फेरि मंगलबार थप केही दिन हिरासतमा राख्न म्याद मागिनेछ। मंगलबार फेरि अदालतमा उपस्थित गराएपछि उनीहहरु १० जेठसम्म हिरासतमा रहनेछन्।

संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन म्याद पाउँछ। १२ चैतबाट प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना पक्राउ परेका छन् भने अन्य दर्जन बढी फरार रहेको प्रहरीले बताएको छ।

टोपबहादुर रायमाझी
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्धामा संलग्न भएको आरोपमा हालसम्म पक्राउ परेका सर्वाधिक उच्च ओहदाका व्यक्ति हुन् पूर्वउपप्रधान तथा एमाले पार्टीका सचिव (यो प्रकरणमा संलग्न भएको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि निलम्बनमा परेका) एवम् सांसद टोपबहादुर रायमाझी। पूर्वउपप्रधानमन्त्री, ४ पटक सांसद र ५ पटक मन्त्री भएका उनी माओवादीमा रहँदा पनि पार्टी सचिव र संसदीय दलको उपनेताको जिम्मेवारीमा थिए। नेकपा विभाजित हुँदा एमालेमा बसेका रायमाझी ११ दिन फरार भएर बैशाख ३१ मा पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

बालकृष्ण खाण
पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी गृहमन्त्री रहेकै बेला मन्त्रालयकै गाडीमा बोराका बोरा पैसा ओसारेकोदेखि मन्त्रालय नै गिरोहले कार्यालयको रुपमा प्रयोग गरेको आरोप लागेको छ। नक्कली शरणार्थी प्रकरणमा नक्कली प्रतिवेदन बनाउन गिरोहलाई सघाउने भूमिका खाणले खेलेको आरोप छ। उनी पक्राउ परेपनि कांग्रेसले उनलाई निलम्बन गरेको छैन।

आङटावा शेर्पा
संविधान सभा निर्वाचनमा रामेछापबाट निर्वाचित आङटावा शेर्पा नेपाली कांग्रेसका नेता पनि हुन्। नक्कली शरणार्थी प्रकरणमा उनले तीन ठाउँमा कार्यालय नै सञ्चालन गरी पैसा उठाएको र पीडितले घेरेपछि पैसा फिर्ता गरेको आरोप उनीमाथि छ। पक्राउ पुर्जी जारी भएपछि उनले जेठ १ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए।

टेकनाथ रिजाल
यो प्रकरणका अर्का हाइप्रोफाइलका टेकनाथ रिजाल हुन्। आफूलाई भूटानी शरणार्थीको नेता तथा मानवअधिकारकर्मी बताउने रिजाल नक्कली भुटानी शरणार्थी बनाउने अवैध धन्दामा संलग्न रहेको आरोप लागेको छ। उनी जेठ ४ गते पक्राउ परेका हुन्।

भुटानी राजाका सल्लाहकार परिषद्को सदस्यसमेत रहेका रिजाल २० वर्षयता नेपाल निर्वासनमा छन्। नेपालमा बसेकै बेला उनले नक्कली भूटानी शरणार्थी खडा गर्न खटिएका रिजालले उनीहरुको भूटानी ठेगाना तयार पार्ने जिम्मा पाएका थिए।

डा. इन्द्रजित राई
तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए, डा. इन्द्रजित राई। गृह मन्त्रालयमा नै बसेर गिरोहसँग सेटिङ गरेको आरोपमा उनी वैशाख १९ गते पक्राउ परे। गिरोहका सदस्य सानु भण्डारीले उनको नाम पोलेका थिए। यो प्रकरणमा उनका छोरा निरज पनि मुछिएका छन्। निरजविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी अहिले फरार छन्।

शमशेर मियाँ
नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ जेठ ४ मासिंहदरबारभित्रै बाट पक्राउ परे। उनले युएनएचसीआरको तथ्यांक फेर्नेदेखि आफ्नो गाडी पैसा ओसार्न प्रयोग गरेको आरोप लागेको छ। उनी अनुसन्धानमा तानिएका हुन्।

टेकनारायण पाण्डे
टेकनारायण पाण्डे, तत्कालीन गृहसचिव र हाल उपराष्ट्रपति कार्यालयका सचिव थिए। बहालावाला सचिव नै संलग्न रहेको पाइएपछि उनी पक्राउ परेका हुन्। नीतिगत तहमा सबैभन्दा ठूलो भूमिका पाण्डेको थियो। गृह प्रशासन नेतृत्व गर्न लायक नभएपनि गिरोहले सेटिङ मिलाउनकै लागि २०७८ साउन २७ मा उनको सरुवा गराएको थियो।

वैशाख २० मा पक्राउ परेका पाण्डेलाई खाणले गृहमा ल्याएका हुन्। उनलाई त्यहाँ ल्याउन आरजु राणादेखि र मञ्जु खाँणले समेत भूमिका खेलेको तथ्य सार्वजनिक भएको छ। पक्राउ परेपछि हिरासतमै रहेका बेला आरजुसँग भेटेर बयान फेरेकोदेखि आरजु बचाएको आरोपसमेत उनीमाथि छ।

केशव दुलाल र सानु भण्डारी
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारी हुन्। उनीहरुकै बयानका आधारमा पूर्वमन्त्री रायमाझी र खाण तानिएका हुन्। २०७९ को चैत १२ गते उनीहरू पक्राउ परेपछि अनुसन्धान अघि बढेको थियो।

आफूले दिएको बयान फेरेर उतारिए हिरासतमै आत्मदाह गर्ने चुनौती सानुले दिएका थिए। यसपछि पूर्वगृहमन्त्री खाण र पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउ पर्न सफल भए।

नरेन्द्र केसी
पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकिय सचिव नरेन्द्र केसी चितवनको शारदा माविका पूर्वप्रध्यानाध्यापक हुन्। केसीले काज मिलाएर खाण गृहमन्त्री हुँदा स्वकीय सचिव हुने गरेका थिए। खाण पक्राउ परेकै दिन उनी पनि पक्राउ परेका हुन्।

सन्दीप रायमाझी
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपमाथि बाबुको मतियार बनेको आरोप लागेको छ। मन्त्रालयदेखि गिरोहसम्म पुगेर पैसा उठाउने काम उनले गरेको आरोप छ।

सन्दीप शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोविन्द चौधरी
वैशाख २६ मा पक्राउ परेका केसी र चौधरी बिचौलिया समूहका व्यक्त हुन्। यस्तै, सन्दीप शर्मा, टंक गुरुङ र सागर राई पनि गिरोहकै सदस्य हुन्। केशव दुलाल र सानु भण्डारीका बिचौलिया भएर यिनले काम गरेका थिए। उनीहरूले अमेरिका जान चाहने नेपाली नागरिकसँग सम्पर्क गर्ने र रकम उठाउने जिम्मेवारी सम्हालेका थिए। नेपाली नागरिकबाट पैसा उठाएर योजनाकार र मन्त्रीसम्म पुर्‍याउने भूमिका पनि उनीहरुकै भएको आरोप छ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा निरज राई यो प्रकरणका फरार आरोपित हुन्। यो प्रकरणमा संलग्न भएको आरोप लागेका केही व्यक्तिहरूमाथि सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो प्रकरणमा ठगी र संगठित अपराधमा मात्र नभएर राज्यविरुद्धको अपराधमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। आफ्नै देशका नागरिकलाई गैरनागरिक बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपप्रधामन्त्री रायामाझी, पूर्वगृहमन्त्री खाण, पूर्वसांसद शेर्पा, नेपाल सरकारका सचिव पाण्डेविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्नका लागि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यस्तै, भूटानी शरणार्थीका नेता रिजालले शरण लिएर बसेको राष्ट्रविरुद्ध अपराध गरेको आरोपमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ।

प्रकाशित: २०८० जेठ ७ गते आईतबार ०५:५२
प्रतिक्रिया

थप समाचार

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलान...

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन...

खाणलाई थुन्ने कि छाड्ने? न्यायाधीशकै राय बाझियो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गर्ने या बदर गर्ने भन्ने विषयमा न्यायाधीशहरूबीच...

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरका छोरा र रिजाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ। भुटानी शरणार्थी नेता रिजाललाई अदालतले शुक्रबार  १५ लाख रुपैयाँ धरौटी...

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीसहित ८ जनालाई थुनामा राख्ने आदेश सदर

ललितपुर- उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरेको छ। शुक्रबार उच्चका न्यायाधीश जनक पाण्डे...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना