काठमाडौँ – अमेरिकी सहयोग रोक्का गर्ने ट्रम्पको भनाइपछि नेपालमा तरंग उत्पन्न भएको छ।
खासगरी यूएसएड र एमसीसीजस्ता ठूला सहयोगलाई अमेरिकाले बन्द गर्ने बताएपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो देश आफैँ बनाउन आग्रह गरेका छन्।
पछिल्लो सयम सामाजिक सञ्जालमा निकै व्यस्त हुन थालेका महासचिव पोखरेलले विदेशी अनुदानको ७० प्रतिशत उतै जाने पनि फेसबुकमा लेखेका छन्। त्यसरी दिइने अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेकाले ‘त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि’ पोखरेलले लेखेका छन्।
गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुट्न उनले आग्रह गरेका हुन्। लेखेका छन्- हामी बनाउँछौँ हाम्रो देश नेपाल


