काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
‘सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जस्तो नेता र शासन व्यवस्था आए पनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन,’ उनले लेखेका छन्।
कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिने उनले लेखेका छन्।
‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ,’ शंकर पोखरेले लेखेका छन्, ‘समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ता कुरामा गम्भीर हुनु पर्दछ ।’
पछिल्लो समयम सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेका महासचिव पोखरेलले सामाजिक सञ्जाल विधेयक आएपछि झनै समर्थन गरिरहेका छन्।


