२०८३ कार्तिक १२ गते बुधबार

ओली, देउवा र प्रचण्डको भेटलगत्तै हटाइए कुलमान, मन्त्रीहरू नै विभाजित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
oli_deuba_prachanda

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहालको बैठकलगत्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका शीर्ष नेताको बैठक सकिएलगत्तै सुरु भएको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउने निर्णय गरेको हो।

तर बैठकमा कुलमान हटाउने प्रस्तावसम्बन्धी विषयमा छलफल भएको सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार अग्नि खरेलले तीन दलको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी छलफल भएको दाबी गरेका छन्। थप विषय उनले खुलाएका छैनन्।
‘संक्रमणकालीन न्यायको निरुपण गर्न भनेर नाम दिइएका सत्य निरूपण तथा मेलमिलाप आयोग र तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनाइएको आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल भयो,’ नेता खरेलको दाबी छ, ‘ती आयोमा पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ।’

ओली, देउवा र प्रचण्डको छलफलमा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि थिए।

तीन शीर्षको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको थियो। मन्त्रिपरिषदले कुलमानको जिम्मेवारी खोसेर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको छ।

ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच विगत ९ महिनादेखि विवाद थियो। सरकारले घिसिङलाई कार्यसम्पादन, आन्तरिक तथा बाह्य भ्रमणको स्वीकृति, भारतमा विद्युत् आदानप्रदानको सहमति लगायतका विषयमा स्पष्टीकरण सोधेको थियो। घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले कुलमानलाई पदमुक्त गरेको हो। आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो। साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाइएको हो।

उता घिसिङलाई हटाउने निर्णयमा कांग्रेसका मन्त्री र नेताहरू विभाजित भएका छन्। गृहमन्त्री रमेश लेखक घिसिङलाई हटाउन नहुने पक्षमा थिए भने ऊर्जामन्त्री दीपक खड्का हटाउनपर्ने पक्षमा थिए। परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि कुलमानलाई हटाउने पक्षमा खुलेकी थिइन्। कांग्रेसका बाँकी मन्त्रीहरू मौन बसे।

गृहमन्त्री लेखकले कुलमान घिसिङ अदालतबाट पुन:स्थापित भएर आउन सक्ने भएकाले त्यस्तो जोखिम लिन उचित नहुने धारणा राखेको गृहमन्त्रीको सचिवालयको दाबी छ। एमाले नेतृसमेत रहेकी शिक्षामन्त्री विद्या भट्टराईले घिसिङलाई हटाउन नहुने संकेत गर्दा एमालेका बाँकी मन्त्रीहरूले हटाउनुपर्ने धारणा राखेका थिए।

मन्त्री खड्काले यसबीचमा चार पटक मन्त्रीस्तरीय निर्णय र एक पटक मन्त्रिपरिषद्बाट अधिकार लिएर घिसिङलाई स्पष्टीकरण सोधेका थिए। पछिल्लो पटक गत फागुन २२ मा ४ वटा बुँदामा सफाइ पेस गर्न भनिएको थियो।

उता घिसिङले भने पदबाट हटाइएको पत्र पाएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने योजना बनाएका छन्। मन्त्रिपरिषद् र मन्त्रालयले सोधेका स्पष्टीकरण र प्रश्नहरूको ६ पटकसम्म जवाफ दिएको दावी उनको छ। आफूलाई हटाइएको पत्र पाएपछि पत्रकार सम्मेलन गर्नेसमेत उल्लेख गरेका छन्।

घिसिङलाई हटाउने निर्णयको सत्तारूढ दलकै नेताहरूले आलोचना गरेका छन्। कांग्रेस महामन्त्री गगन थापाले पदबाट घिसिङलाई नहटाउने भनेर नेताहरूले आश्वस्त पारेको तर मन्त्रिपरिषद्बाट उल्टो निर्णय भएको भन्दै असन्तुष्टि पोखेका छन्। ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन। निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

‘यस्तो निर्णय गर्न हुन्न भनेका थियौं। मन्त्री खड्कालाई पनि स्पष्ट भाषामा भनेको हो,’ थापाले भने, ‘यो सरासर गलत काम भएको छ। नागरिकको असन्तुष्टि हटाउने काम गर्नॅपर्ने बेला जानीजानी यस्तो काम गरिएको छ ।’ सरकारले गरेका राम्रा काम पनि छायामा पार्ने गरी कुलमानलाई हटाएको भन्दै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि असन्तुष्टि जनाए । ‘सरकारको यो निर्णय समयोचित बिलकुलै भए । यसप्रति खुला र प्रस्ट रूपमा विमति छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन्। ‘सरकारको यो कदम बिलकुल गलत र आपत्तिजनक छ, दुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्छु,’ दाहालको प्रतिक्रिया छ।

दाहाल नेतृत्वको सरकारले घिसिङलाई २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। दाहाल सरकारले पनि हाल नियुक्त भएका शाक्यलाई नै हटाएर प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो। तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्वमा नियुक्त गरी शाक्यलाई मन्त्रालय मातहत ऊर्जा आयोगमा तानेको थियो । त्यस निर्णयविरुद्ध उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाएर २०७८ भदौ १ मा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दा हाल पनि विचाराधीन छ भने त्यसको आगामी पेसी २०८२ असार १० मा चढेको छ।

प्रकाशित: २०८१ चैत १२ गते मङ्गलबार ०७:०३
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना