२०८३ कार्तिक ११ गते मङ्गलबार

नक्कली शरणार्थी प्रकरण : ओलीको सचिवालयदेखि बादलसम्म मुछ्ने केशव दुलालको बयान

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १०
keshav_dulal
नक्कली शरणार्थी प्रकरणमा मुख्य आरोपित व्यक्ति केशव दुलाल।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन्। वज्राचार्यलाई आफूले २०७६ असारमा बालुवाटारमा नै पुगेर एक करोड रुपैयाँ दिएको उनको दाबी छ।

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १/१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन्।

केशव दुलालको बयान
प्रतिवादी सानु भण्डारीले डा. इन्द्रजित राईसँग त्रिपुरेश्वरमा रहेको आगन होटल भेट गरी उक्त रकम दिएको भनी मलाई भोली पल्ट जानकारी गराउनु भएको र सोही दिन डा. इन्द्रजित राई, म र सानु भण्डारी ३ जना भएको अवस्थामा डा. इन्द्रजित राईले उक्त रकम मैले लिएको भनी मलाई समेत जानकारी गराएका हुन्। उक्त रकम दिएको भनी प्रतिवादी खानु भण्डारीले मलाई समेत जानकारी गराएका हुन्। रकम दिएको भोली पल्ट गृह मन्त्रालयमा रहेको डा. इन्द्रजित राईको कार्य कक्षमा म र सानु भण्डारी गएको अवस्थामाउक्त रकम मैले लिएको भनी जानकारी गराएका हुन्।

प्रतिवादी सानु भण्डारीले निज नैनकला थापालाई समेत रकम दिएको भनी मलाई जानकारी गराएका हुन, जानकारी पाए पछी सानु भण्डारी र म निज नैनाकला थापाका छोरा तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादलका प्रमुख स्वकिय सचिव प्रतिक थापा मगरलाई नक्साल स्थित निलगिरी थकाली भान्साघरको आँगनको उत्तर तर्फ होटलको १ तला माथी प्रतिक थापालाई भेटेपछी निज नैनकला थापालाई प्रतिक थापा मगरले आमालाई फोन गरी पैसा पाउनु भयो भएन भनी सोध्दा पैसा पाएको कुरा प्रतिक थापालाई भने पछी मेरो आमाले सानु भण्डारीसँग उक्त रकम लिएको भनी जानकारी गराएका हुन्।

प्रतिवादी सानु भण्डारीले उक्त रकम दिई सकेको भनी मलाई जानकारी गराएका र हामी दुबै जनाले गृह मन्त्रालयमा रहेको निजकै कार्य कक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझी सकेको भनी मलाई समेत जानकारी गराएका हुन प्रतिवादी सानु भण्डारीले तत्कालिन गृह सचिव प्रेम कुमार राईलाई उक्त रकम दिएको भनी मलाई जानकारी गराए पछी सानु भण्डारीसँग गृह मन्त्रालय गई डा. इन्द्रजित राईसँग सचिव प्रेम कुमार राईले उक्त रकम पाएको कुरा जानकारी गराएका हुन। प्रतिवादी सानु भण्डारीले तत्कालिन नेपाल सरकारका उर्जा मन्त्री टोप बहादुर रायामाझी र निजको छोरा सन्दिप रायामाझी समेतलाई पटक-पटक नगद र बैंक खातामा समेत पठाई दिएको भनी मलाई सानु भण्डारीले जानकारी गराएको र पछी टोप बहादुर रायामाझीको सातदोबाटोमा रहेको घरमा सानु भण्डारी र म समेत गई वहाहरु सँग रकम पाए/नपाएको सम्बन्धमा बुझ्दा हामीले रकम पाई सकेका छौं भनी जानकारी गराएका हुन्।

प्रतिवादी सानु भण्डारीले डा. इन्द्रजित राईलाई काम भए पछी दिनु पर्ने रकमका लागी घर जग्गा बैना गरेको झुठ्ठा कागज बनाएर राखेका छन भनी जानकारी गराएको हुँदा मैले समेत थाहा पाएको हुँ। जाहेरी दरखास्तमा जाहेरवालाले दावी गरेको कुरा झुठ्ठा हो, मेरो जाहेरवाला तथा निजका चिनजान र सम्पर्कमा रहेका अन्य व्यक्तिहरुसँग समेत मेरो चिनजान नभएको हुँदा निजहरु बाट मैले कुनै रकम लिएको छैन। जाहेरवाला गजेन्द्र बुढाथोकीसँग मेरो चिनजान छैन, निजसँग चिनजान नभएको हुँदा निजले जाहेरी दरखास्त साथ पेश गरेको भनीएको बिभिन्न व्यक्तिहरुको नाममा जारी भएको भुटानी शरणार्थी परिचय पत्रहरु निजले के- कहाँ बनाई के-कसरी पेश गरेका हुन मलाई जानकारी भएन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन। जाहेरी दरखास्तमा जाहेरवाला खगेन्द्र थेवेले दावी गरेको कुरा झुठ्ठा हो, मेरो जाहेरवाला तथा निजका चिनजान र सम्पर्कमा रहेका अन्य व्यक्तिहरुसँग समेत मेरो चिनजान नभएको हुदा निजहरुबाट मैले कुनै रकम लिएको छैन।

जाहेरी दरखास्तमा जाहेरवाला खगेन्द्र थेवेले दावी गरेको कुरा झुठ्ठा हो, जाहेरवाला तथा निजको श्रीमती र बैनीसँग मेरो चिनजान छैन, चिनजान नै नभएका मानिसहरुको नाम परिवर्तन गरी अर्कै नामबाट परिचय पत्र बनाई दिएको भन्ने कुरामा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो संलग्नता छैन। जाहेरी दरखास्तमा जाहेरवाला भुवन सिंह लिम्बुले दावी गरेको कुरा झुठ्ठा हो, निज र निजको चिनजान र सम्पर्कमा रहेका आफन्तहरुसँग समेत मेरो कुनै चिनजान छैन। चिनजान नै नभएको मानिससँग रकम लिई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी मैले समेत रु.१०,००,०००/- (दश लाख) लिएको छैन र सो कुरामा कुनै सत्यता छैन।

जाहेरी दरखास्तमा जाहेरवाला भुवन सिंह लिम्बुले दावी गरेको कुरा झुठ्ठा हो, भुवन सिंह लिम्बु, निजको भाईचेत बहादुर लिम्बु र पविन लिम्बुसँग मेरो कुनै चिनजान छैन, निजहरुलाई नाम परिवर्तन गरी भुटानी शरणार्थीको परिचय पत्र बनाई दिएको भन्ने व्यहोरा झुठ्ठा हो जाहेरी दरखास्तमा जाहेरवाला डिल बहादुर कुसारीले दावी गरेको कुरा झुठ्ठा हो, निज र निजको छोरा महेन्द्र कुसारीसँग मेरो चिनजान र सम्पर्क छैन, निजहरुलाई मैले भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी कुनै कुराकानी समेत नगरेको र निजले दावी गरेको रु.२०,००,०००/- (बिस लाख) रकम मैले लिएको छैन।

मेरो जाहेरवाला तथा निजले जाहेरीमा नाम उल्लेख गरेका राजेश अर्यालसँग समेत चिनजान नभएको हुँदा मैले निजबाट कुनै रकम लिएको छैन र निज राजेश अर्यालको खातामा रकम पठाउन समेत लगाएको छैन, जाहेरीमा उल्लेख भएको विषय झुठ्ठा हो, सो बारेमा मलाई कुनै जानकारी छैन। जाहेरी दरखास्तमा जाहेरवालाले गरेको दावी झुठ्ठा हो जाहेरवाला डम्बर बहादुर खत्रीसँग मेरो कुनै चिनजान छैन, भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी जाहेरवालाले दावी गरेको रकम रु.१५,५०,०००/- (पन्ध्र लाख पचास हजार) मैले लिएको छैन।

जाहेरवाला सन्दिप वली र निजको दाई असिम बलीसँग मेरो कुनै चिनजान छैन, निज असिम वलीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ साल देखी २०७८ सालको पौष सम्म पटक-पटक गरी रु.२०,००,०००/- (बिस लाख) लिएको छैन। जाहेरवाला सुस्मा चन्द र निजको श्रीमान लोक बहादुर डि.सी.सँग मेरो कुनै चिनजान छैन, निज लोक बहादुर डि.सी.लाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ साल देखी २०७८ सालको पौष सम्म पटक-पटक गरी रु.२०,००,०००/- ( बिस लाख लिएको छैना जाहेरवाला मन बहादुर खत्रीसँग मेरो कुनै चिनजान छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ साल देखी २०७८ सालको पौष सम्म पटक-पटक गरी रु.२५,००,०००/- (पच्चिस लाख) लिएको छैन। जाहेरवाला भेषराज शर्मा लम्साल, जाहेरीमा नाम उल्लेख भएका दिवाकर बुढाथोकी र पुर्ण बहादुर पुनसँग समेत मेरो चिनजान र सम्पर्क छैन, जाहेरवालाले जाहेरीमा दावी गरे अनुसार NMB बैंकको चेक मार्फत दिवाकर बुढाथोकीको नाममा चेक काटी रु.१०,००,०००/- (दश लाख), सानु भण्डारीलाई रु.१,७९,४७,०००/- (एक करोड उनासी लाख सतचालिस हजार) रनिज जाहेरवालाको साथी पुर्ण बहादुर पुन मार्फत रु.१,५०,००,०००/- (एक करोड पचास लाख) गरी जम्मा रकम रु.३,३९,४७,०००/- ( तिन करोड उनान्चालिस लाख सतचालिस हजार) मैले लिएको छैन, सानु भण्डारीले लिएको भन्ने सम्बन्धमा मलाई जानकारी भएन। जाहेरवाला रोशन शिवाकोटीसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी पटक-पटक गरी जम्मा रकम रु.१५,००,०००/- (पन्ध्र लाख बैंक मार्फत तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झुड्डा हो, मैले कुनै रकम लिएको छैन, यस सम्बन्धमा मलाई कुनै जानकारी भएन।

जाहेरवाला समिर शिवाकोटीसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी पटक-पटक गरी जम्मा रकम रु.१५,००,०००/- (पन्ध्र लाख) बैंक मार्फत तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झुठ्ठा हो, मैले कुनै रकम लिएको छैन, यस सम्बन्धमा मलाई कुनै जानकारी भएन जाहेरवाला सन्तोष भट्टराईसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी पटक-पटक गरी जम्मा रकम रु.१४,५०,०००/- (चौध लाख पचास हजार) बैंक मार्फत तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झुठ्ठा हो, मैले कुनै रकम लिएको छैन, यस सम्बन्धमा मलाई कुनै जानकारी भएन। जाहेरवाला सन्तोष भट्टराई र रामशरण के.सी. सँग मेरो कुनै चिनजान छैन, चिनजान नै नभएको व्यक्तिलाई अर्कै चिनजान नभएको व्यक्तिको बैंक खातामा रकम पठाउन लगाएको भन्ने कुरामा कुनै सत्यता छैन।

चिनजान नै नभएका व्यक्तिबाट रकम लिएको भन्ने सम्बन्धको व्यहोरा झुट्टा हो। मैले मिति २०७६/०४/२१ मा रु.४,५०,०००।- (चार लाख पचास हजार) र पुनः मिति २०७६।०५।२० गते रु.१०,००,०००/- (दश लाख) गरी जम्मा रकम रु.१४,५०,०००/- (चौध लाख पचास हजार) रकम जम्मा गर्न लगाई उक्त रकम मैले लिई ठगी गरेको छैन। मिति २०८०१०१।०६ गते प्रहरीले प्रतिवादी सानु भण्डारीको घर कोठा खानतलासी गर्दा निजको घरको तेश्रो तलामा रहेको दराज भित्रबाट २०१६ NABIL BANK लेखिएको हरियोमा रातो रङ मिसिएको डायरी बरामद गरी ल्याएको हुँदा उक्त डायरी मलाई देखाउदा देखी पाएँ, सो डायरीको 17 April आईतबार ५ बैशाख २०७३ लेखिएको पानामा भुटानी शरणार्थीको लागी उठाईएको रकम बिबरण भनी मिति २०७६०२-२९ गते देखी २०७६-०३-२७ सम्म मेरो नाम दुलाल मामा भनी उल्लेख गरी मैले बुझाएको रकमको विवरण देखिपाएँ, उक्त मेरो नामबाट जम्मा भएको मेरो आफैसँग भएको रकम हो।

उक्त रकम डा. इन्द्रजित राईले मलाई र मेरो आफन्तहरु समेतलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु त्यसको लागी केही रकम दिँदै गर्नु भनेको हुँदा निज इन्द्रजित राईलाई बुझाउनको लागी भनी उक्त रकम मैले प्रतिवादी सानु भण्डारीलाई दिएको हुँदा मैले दिएको रकमको विवरण निजले आफ्नो डायरीमा उल्लेख गरेका रहेछन। उक्त रकम निज सानु भण्डारीले माथी क्यानमा उल्लेख भए अनुसारको ठाउँ र मितिमा डा. इन्द्रजित राईलाई बुझाएका हुन। उक्त रकम मैले सानु भण्डारीलाई दिएकोमा मेरो घरायसी काम काजको लागी सापटी स्वरूप लिएको हुँ, रकम पछी फिर्ता गरी सकें, प्रतिवादी सानु भण्डारीले मलाई दुलाल मामा भनी सम्बोधन गर्ने भएको हुँदा डायरीमा दुलाल मामा भनी लेखेका रहेछन। म आफु र मेरो अन्य आफन्तहरु समेतलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी डा. इन्द्रजित राई समेतले कुराकानी गरी रकम समेत लिई विश्वास दिलाएको र सोही विषयका समाचारहरु पत्र पत्रिकामा प्रकाशित भएको हुँदा सोही समाचारहरुमा प्रकाशित भएका विवरणहरु मैले मेरो मोवाईलमा फोटो खिची राखेको हुँदा उक्त विवरण मेरो मोबाईलमा देखिएको हुनु पर्दछ।

मैले प्रयोग गर्ने गरेको KAI संकेत दिईएको सामसुङ कम्पनीको मोवाईलमा रहेको Viber AccountKeshab+9863591446 बाट 9860052100 लाई Sir Refusee Card holder komatralagatliyekoxare CA, new entery&nonenterykolagat liyeko xana re sabaiko garne hoena r hajur, sir Bikranta Basnet name garekomanxe la hajurko name liyera Bhutanese Refusecko 70,80 Janako card and travel Document banauxuvanerahidirahekoxarehajur भन्ने व्यहोराको म्यासेज मैले आफैले लेखेको म्यासेज हो, उक्त म्यासेजहरु मैले तत्कालीन गृह मन्त्रालयमा गृह सचिवको रुपमा बहाल रहेका टेक नारायण पाण्डेलाई पठाएको म्यासेज हो, निजले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी रु.१,२४,५०,०००/- (एक करोड चौबिस लाख पचास हजार) रकम लिई विश्वास दिलाए पछी हामीलाई भुटानी शरणार्थी परिचय पत्र उपलब्ध नगराएको अवस्थामा माथी म्यासेजमा उल्लेखित मैले नचिनेको बिक्रान्त बस्नेतले भुटानी शरणार्थी परिचय पत्र र ट्राभल डकुमेण्ट बनाएको सूचना पाएको हुँदा सो कुरा हो होईन भनी गृह सचिवलाई हाम्रो काम किन भएन भनी बुझ्नका लागी उक्त म्यासेज पठाएको हुँ। मैले म्यासेज पठाएको 9860052100 नं को मोवाईल तत्कालीन गृह सचिव टेक नारायण पाण्डेले नै चलाउने गरेको मोवाईल नं. हो। उक्त मोबाईल नम्बर निजले नै मलाई दिई यो नम्बरमा सम्पर्क गर्नु भनी निजले नै दिएको हुँदा उक्त मोवाईलमा मैले सम्पर्क गरी म्यासेज लगायत फोन सम्पर्क गर्ने गरेको थिएँ।

निजलाई उक्त रकम दिएको हुँ रकम दिदा के कहाँ ल्याई दिनु पत्यो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याई दिनु भनेको हुँदा मैले पटक-पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगी उक्त रकम नगदै बुझाएको हुँ । उक्त रकम मध्येको रु.२५,००,०००/- (पच्चिस लाख) निजको पि.एस.ओ.को रुपमा कार्यरत कामती थरका प्रहरीले सिंहदरवार भित्र रहेको कानून मन्त्रालय अगाडी सचिव ज्यू चढ्ने गाडी ल्याई नगदै बुझी लिएका हुन। मैले उक्त रकम निजलाई बुझाई सके पछी मैले सचिव टेक नारायण पाण्डेलाई फोन गरी रकम पाउनु भयो भएन भनी बुझ्दा निजले मैले रकम पाई सकें भनी मलाई जाकारी गराएका हुन । मैले प्रयोग गर्ने गरेको मोवाईलमा भएको Whatsapp बाट Bpanthi (9851015795),Yam2 (9851332392) लाई जिल्ला प्रशासन कार्यालय शरणार्थी समन्वय ईकाई झापाको सूचना पठाएको देखिएको सही हो, उक्त सूचनाहरु पत्र-पत्रिकामा प्रकाशित भएको र तत्कालिन गृह सचिव टेक नारायण पाण्डेसँग बुझ्दा निजले Bpanthi (9851015795), Yam2(9851332392 ) र aceThulungZytha (9827379611) लाई समेत पठाई दिनु भनी निजले नै नं. पठाई दिएको हुँदा मैले निजले पठाई दिएको Whatsapp नं.मा मैले नचिनेका मानिसहरुलाई उक्त सूचना पठाउदिन भन्दा निजले केही फरक पर्दैन पठाई दिनु भनेको हुँदा मैले उक्त सूचनाहरु पठाई दिएक हुँ।

तत्कालिन गृह सचिव टेक नारायण पाण्डेले म र मेरा आफन्त साथीहरुसँग भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी माथी उल्लेखित रकम लिई काम गरी दिन्छु भनी सरकारले गरेका निर्णयका कागजपत्रहरु पठाई दिने गरेको हुँदा उक्त कागज पत्रहरु आदान प्रदान भएको हो। हामी ठगीएको थाहा पाई दिएको रकम फिर्ता माग्दा हाल सम्म फिर्ता पाएको छैन, आफै पीडित भई हाल झुट्टा मुद्दा लगाई अनुसन्धानमा रहेको छु, हामी पीडितको रकम फिर्ता र झुट्टा मुद्दा खारेज गरी सफाई पाउँ । मैले माथी नाम उल्लेख गरेको भुटानी शरणार्थी बनाई रकम लिने भनीएका Whatsapp Account मा पटक- पटक कुराकानी गर्ने गरेका TN PANDAY29860052100 को मोबाईल चलाउने व्यक्ति टेक नारायण पाण्डे नै हुन, , निजको व्यक्तिगत मोवाईल नं. र सरकारी मोवाईल नं. समेत मलाई याद भएन, निजले चलाउने गरेको निजको व्यक्तिगत तथा सरकारी मोवाईल नं.मा समेत मेरो पटक-पटक कुराकानी, टेक्स्ट म्यासेज र Whatsapp मा मैले तत्कालीन अवस्थामा चलाउने गरेको हाल हराएको मोबाईल न. ९८५११३२९९९ २ ९८०११४२९९९ समेतबाट कुराकानी र म्यासेज आदान-प्रदान गर्ने गरेको थिएँ। उक्त म्यासेज र कुराकानी समेतको विवरण हेरी पाउँ, निजको यकिन वतन जिल्ला अर्घाखाँची साविक भगवती गा.वि.स. हाल छत्रदेव गाउँपालिका वडा नं. ७ मा पर्दछ, निजको बुबाको नाम भगवती प्रसाद पाण्डे, आमा नमकला पाण्डे भन्ने सुनेको हुँ, निज हाल अं.५२/५३ वर्षका भएका होलान, हाल निज नेपाल सरकारको उप-राष्ट्रपतीको कार्यालयमा सचिव पदमा कार्यरत रहेका छन ITN PANDAY2 को सम्बन्धमा मैले माथीको जवाफमा खुलाई सकेको छु।

उक्त म्यासेज म लगायत मेरा आफन्तहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी रकम लिई ठगी गरी काम नगरेको हुँदा भुटानी शरणार्थी क्याम्पमा शरणार्थीको विवरण लिई फोटो खिच्ने काम भई राखेको सूचना पाए पछी मेरो र आफन्तको काम नभएको सिन्धुपाल्चोक तिरका मैले नचिनेका मानिसहरुको फोटो खिच्ने काम भई रहेको छ भनी निज गृह सचिव IN PANDAY2 भन्ने टेक नारायण पाण्डेलाई म्यासेज लेखी म सँग लगेको सम्पूर्ण रकम फिर्ता गरी दिनुहोस भन्दा हाल सम्म फिर्ता नपाई पीडित भएको कुरा अवगत गराउँछु। तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलले तपाई र तपाईको आफन्त लाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी निजका छोरा प्रतिक थापा मार्फत मन्त्री क्वाटर पुलचोकमा बोलाई निज राम बहादुर थापा बादल राष्ट्रिय सभागृहको चुनाव हुनु भन्दा अगाडी रु.३,००,००,०००/- ( तिन करोड) नगदै बुझी लिएको, प्रतिक थापाले नक्साल निलगिरी थकाली भन्सा घरको आँगनको उत्तर तर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु.१,००,००,०००/- (एक करोड) बुझी लिएको, त्यसै गरी तत्कालीन गृह सचिव प्रेम कुमार राईले डा. इन्द्रजित राई मार्फत गृह मन्त्रालयको सचिवको कार्य कक्षमा बोलाई मिति २०७६ साल श्रावण महिनामा रु.३,००,००,०००/- (तिन करोड) नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री के.पी. ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा उर्जा मन्त्री टोप बहादुर रायामाझीका प्रमुख स्वकिय सचिव लिला जि.सी.मार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा रु.१,००,००,०००/- (एक करोड) नगदै बुझी लिएको, तत्कालिन उर्जा मन्त्री टोप बहादुर रायमाझी प्रमुख स्वकिय सचिव लिला जि.सी.ले प्रधानमन्त्रीकोमा पैसा पुगी सक्यो, सामाजिक समितीबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नु पर्ने रहेछ, उर्जा मन्त्री ज्यू र मलाई पनि रकम चाहियो भनी उर्जा मन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक समितीबाट निर्णय भएको अघिल्लो दिन बेलुका रु.१,००,००,०००/-(एक करोड) नगदै बुझी लिएका हुन, त्यसै गरी तत्कालीन प्रधानमन्त्री के. पी. शर्मा वलीका पूर्व सल्लाहकार डा. अजय क्रान्ती शाक्य (तत्कालीन ईजरायलका नेपाली राजदुत अन्जना शाक्यका श्रीमान) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विध्या सुन्दर शक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितीबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथी रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री राम बहादुर थापा बादल र उर्जा मन्त्री टोप बहादुर रायामाझीसँग मिटिङ गराई सके पछी तपाईहरुको काम हुने भयो भनी डा. अजय क्रान्ती शाक्य र राजेश्वर स्थापितले जनही रु.१,००,००,०००/- (एक करोड) बुझी लिएका हुन।

काम नभए पछी पटक-पटक रकम फिर्ता माग्दा धाक धम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन सम्पर्क गर्ने, भेट्ने काम नगर्नु भनी प्रतिक थापा मार्फत खबर पठाउने गरेको र तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं ६० प्रतिशत लानु भनी प्रतिक थापा मार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्री बाट हटेको ५/६ दिन पछी म सँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पुर्ण रकम चाहियो भन्दा माथी उल्लेखित मानिसहरुसँग कुरा गरी खवर गर्छु भनी हाल सम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुठ्ठा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पुर्ण रकम फिर्ता गरी झुठ्ठा मुद्दाबाट सफाई पाउँ भन्नी प्रतिवादी केशव प्रसाद दुलालको थप बयान।

केशव प्रसाद दुलालको थप बयानः
जाहेरवाला प्रेमराज पन्थीलाई मैले चिनेको छैन। टंक गुरुङको रेस्टुरेन्टमा मेरो टोप बहादुर रायमाझी, निजका पिए लिला जि.सी. भेष राज शर्मा लम्साल, सन्देश शर्मा र गृह मन्त्रालयका कर्मचारी हु भन्ने व्यक्तीहरू कोही कसैसँग मेरो भेटघाट, मिटिङ भएको छैन। टोप बहादुर रायमाझी र ईन्द्रजित राई सँग लाजिम्पाटको साँग्रिला होटलमा भेटघाट कुराकानी भएको छैन । प्रेमराज पन्थीलाई २०७७ सालको असोज महिनाको ८/१० गते बोलाएको भन्ने कुरा झुठा हो र बोलाउने कुरा नै भएन। प्रतिक थापा तथा जाहेरवाला प्रेम राज पन्थी सँग जोरपाटीमा जाहेरवालाले भनेको मितिमा मेरो कुनै भेट घाट तथा सम्पर्क भएको छैन। नक्कली भुटानी शरणार्थी बनाई अमेरीका पठाई दिने कुरा र काम अगाडि बढ्छ भन्ने केही कुरा भएको छैन । प्रेम राज पन्थीको रु.१,०००००००/- (एक करोड) र राम शरण के.सी.को रु.१,५०,००,०००/- (एक करोड पचास लाख) जेब्रा झोलामा राखी मलाई दिएको भन्ने कुरा झुठ्ठा हो। म निलगिरी रेष्टुरेन्टमा जाहेरवालाले उल्लेख गरेको मितिमा गएकै छैन । म नगएको अवस्थामा जाहेरवाला र राम शरण के.सी. सँग रकम लिने कुनै कुरै भएन ।

प्रेमराज पन्थीले नाम उल्लेख गरेका भेषराज शर्मा लम्सालसँग समेत मेरो कुनै चिनजान सम्पर्क छैन । चिनजान सम्पर्क नै नभएको व्यक्ती सँग काठमाण्डौमा होटलका २ वटा कोठा लिएको छैन र लिने कुनै कुरा भएन । जाहेरवालाको फारम भराई मैले कुनै रकम लिएको छैन। जाहेरवालाले दाबि गरेको अरुण रेग्मी भन्ने व्यक्ती सँग समेत मेरो कुनै चिनजान सम्पर्क छैन । चिनजान सम्पर्क नै नभएको व्यक्तीलाई ईन्भेष्टमेन्ट बैकमा रकम रु. ३,०००००।- ( तिन लाख) जम्मा गरीदिने कुनै कुरै भएन। जाहेरवाला लगाएतका व्यक्तिहरूले जम्मा गरेको रु. १,१९,५०,००० ( एक करोड उन्नाईस लाख पचास हजार रुपैया) भेषराज शर्मा लम्साल र प्रेम राज पन्थीले बैक खाता मार्फत सानु भण्डारीको खातामा जम्मा गरेको रकमका सम्बन्धमा मलाई केही थाहा छैन । भेष लम्सालले सानु भण्डारीको खातामा जम्मा भएको अन्य रकम का सम्बन्धमा समेत मलाई कुनै जानकारी भएन, टेकनाथ रिजालले दस्तखत गरेको भुटानी शरणार्थीहरूको कार्डको बिषयमा मलाई केही थाहा भएन । जाहेरवालाले भने अनुसार मन्त्री सचिवको नाम लिएर सबै कुरा भई सक्यो बायोमेट्रिक गर्नु पर्छ भनी कुनै कुरा गरेको छैन । बायोमेट्रिक गर्नु पर्छ भनी जनही रु.१०,०००००।- (दश लाख) रकम निजहरू सँग लिई ठगी गरको छैन ।

म स्वयम प्रेम कुमार राई र ईन्द्र जित राईले भुटानी शरणार्थी बनाई अमेरीका पठाई दिन्छु भनी रकम लिई ठगीएको पीडित व्यक्ति हु । मेरो रकम फिर्ता गराई न्याय दिलाई पाउ। पुर्व गृह मन्त्री र पुर्व गृह सचिव टेक नारायण पाण्डे हाम्रा मान्छे हुन भनी जाहेरवाला सँग कुनै कुरा गरेको छैन। जाहेरवाला सँग कुनै रकम नलिएको हुदा रकम फिर्ता गर्ने कुरा भएकै छैन जाहेरवालाले दाबी गरेको कुरा कपोकल्पित र झुठ्ठा हो जाहेरवालालाई मैले गृह सचिब टेक नारायण पाण्डेकोमा लिई गएको होईन। निज सँग रकम लिई गृह सचिवलाई मैले कुनै रकम दिएको छैन।

जाहेरवालाले दाबी गरे अनुसार २०७९।५।२९ गते मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका वडा न. ४ स्थित रहेको गोकर्ण रिसोर्टमा म गएको छैन। निज जाहेरवाला समेत २२ / २३ जनाको बायोमेट्रिक गराएको भन्ने कुरा कपोकल्पित र झुठ्ठा हो। मैले कसैको बायोमेट्रिकक गराएको छैन। भुटानी शरणार्थी बनाई अमेरीका लगी दिने भनी प्रेमराज पन्थी समेतसँग मैले रु. ३,६६,०००००/- नगदै लिई ठगी गरेको छैन। प्रेमराज पन्थीले मलाई यस मुद्धामा मेरो चरित्रहत्या र फसाउने सड्यन्त्र गरी जाहेरी दिएका हुन यसमा कुनै सत्यता छैन। म र मेरो आफन्तलाई राम बहादुर थापा बादल, प्रेम कुमार राई, ईन्द्रजित राई, राजेश बज्रचार्य, प्रतिक थापा, सन्देश शर्मा, डा.अजय क्रान्ती शाक्य, राजेश्वर बज्रचार्य समेतले भुटानी शरणार्थी बनाई अमेरीका पठाई दिन्छु भनी रकम लिई म आफै ठगीएको पीडित व्यक्ती हु मैले कोही कसैलाई भुटानी शरणार्थी बनाई तेश्रो मुलुक पठाई दिन्छु भनी कोही कसैसँग कुनै रकम लिएको छैन। म अनुसन्धानको क्रममा हिरासतमा रहेको अवस्थामा मैले आइटावा शेर्पालाई भेटेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी केशव प्रसाद दुलालको थप बयान।

प्रकाशित: २०८० जेठ १० गते बुधबार ०६:२५
प्रतिक्रिया

थप समाचार

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलान...

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन...

खाणलाई थुन्ने कि छाड्ने? न्यायाधीशकै राय बाझियो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गर्ने या बदर गर्ने भन्ने विषयमा न्यायाधीशहरूबीच...

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरका छोरा र रिजाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ। भुटानी शरणार्थी नेता रिजाललाई अदालतले शुक्रबार  १५ लाख रुपैयाँ धरौटी...

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीसहित ८ जनालाई थुनामा राख्ने आदेश सदर

ललितपुर- उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरेको छ। शुक्रबार उच्चका न्यायाधीश जनक पाण्डे...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना