काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो।
लामिछाने बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका हुन्। उनलाई आज काठमाडौँ प्रहरीको हिरासतमा राखिने बताइएको छ।
बुटवलको सुप्रिम सहकारीबाट बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा उनीलाई बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको हो।
यसअघि जिल्ला अदालत रूपन्देहीले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध उनी उच्च अदालत पुगेका थिए। आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै जिल्लाको आदेश बदर हुने आदेश माग गर्दै उनी उच्च पुगेका थिए।
तर उच्चले उनको विपक्षमा आदेश जारी गरेको छ।
उनलाई भोलि भैरहवा लैजाने प्रहरीको तयारी छ।


