२०८३ कार्तिक २६ गते बुधबार

स्वतन्त्रता खोज्दै कानुनतर्फ मोडिएका कोइराला बने बार महासचिव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २८
kedar_prasad_koirala

काठमाडौँ-  नेपाल बार एसोसिएसनको महासचिव पदमा वरिष्ठ अधिवक्ता केदार कोइराला विजयी भएका छन्। कोइरालाले यज्ञमणि न्यौपानेलाई २ हजार ५०७ मतले पराजित गर्दै विजयी बनेका हुन्।

कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले २ हजार ३६७ मत पाए। २५ पदका लागि भएको निर्वाचनमा सबै पदमा कोइराला महासचिव रहेको वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र नेतृत्वको प्यानलका सबै उम्मेदवारले बाजी मारेका छन्।

अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पराजित गर्दै विजयी बने। निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाएका छन्। श्रेष्ठले २ हजार ६२१ मत पाएर उपविजेता बनेका छन्।

न्याय, सुशासन र सामाजिक सेवामा प्रतिबद्ध महासचिवमा निर्वाचित वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले २९ वर्षभन्दा बढी अवधि कानुनी अभ्यास, अनुसन्धान र कानुनी शिक्षा सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्। कलिलो उमेरदेखि नै न्याय र विधिको शासनप्रति विशेष रुचि राख्ने अन्तत: कानुन व्यवसायीको छाता संगठनकै महासचिवमा निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र (बायाँ) आफ्नो प्यानलबाट महासचिवमा निर्वाचित वअ केदारप्रसाद कोइरालाका साथ।

विद्यालय शिक्षा पूरा नगर्दै कोइराला न्याय/कानुनी सेवा क्षेत्रमा लोभिएका थिए। पञ्चायतकालमा विद्यार्थी राजनीतिमा कम्युनिस्टतर्फ राजनीतिक झुकाव राख्ने कोइरालाले स्वतन्त्र पेसाको खोजी गर्दा कानुन व्यवसायलाई रोजेका थिए। २०४२ सालमा काभ्रेबाट एसएलसी उत्तीर्ण गरेका कोइरालाले कानुन व्यवसायी बन्नकै लागि नेपाल ल क्याम्पसमा भर्ना भएका थिए। 

विद्यार्थी राजनीतिमा अनेरास्ववियूको काभ्रे जिल्ला अध्यक्षसम्म बनेका २०४८ को आम निर्वाचनमा एमालेका लागि निर्वाचन परिचालन समितिका मुख्य व्यक्ति थिए।

पञ्चायतकालमा दलीय राजनीति गर्नेहरूलाई राम्रो मानिँदैनथ्यो। नोकरी/रोजगारीमा पनि प्रहरी रिपोर्ट चाहिन्थ्यो। त्यसो गर्दा कोइरालाले सरकारी सेवा गर्ने ठाउँ पाउन सहज थिएन। त्यही कुरा सोचेरै उनले आफूले स्वतन्त्र रूपमा बोल्न पाइने पेसा वकिल नै भएकाले यही पेसा गर्नका लागि उनका पाइला कानुनतर्फ मोडिएका थिए।  

२०४९ मा सक्रिय दलीय राजनीतिलाई भन्दा कानुन व्यवसायमा सक्रिय बने। त्यसपछि उनी दलीय राजनीतिमा सक्रिय बनेका छैनन्। पेसागत राजनीतिको लय पक्रँदा उनी कानुन व्यवसायीको छाता संगठनको महासचिव निर्वाचित भएका हुन्। 

वरिष्ठ अधिवक्ता कोइरालाले त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट सन् १९८७ मा स्नातक, १९९४ मा स्नातकोत्तर गरेका छन्।

सन् २००६ मा पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौं स्कूल अफ लबाट वाणिज्य तथा अन्तर्राष्ट्रिय व्यापार कानुनमा फेरि स्नातकोत्तर गरेका कोइरालालाई सन् २०२४ सेप्टेम्बर २६ मा नेपाल सर्वोच्च अदालत वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको हो।

बार महासचिवमा विजयी भएपछि नेपाल क्लिक्ससँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता कोइरालाले नेपाल बार एसोसिएसनलाई अझै बढी प्रभावकारी, पारर्दशी, न्यायमा पहुँचलाई सुर्वसुलभ बनाउने र कानुन व्यवसायीको हकहित संरक्षण गर्दै पेशालाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने योजना रहेको बताए।

सन् १९९५ देखि कानुन व्यवसायीको रुपमा अभ्यास गर्दै आएका कोइरालाले प्रारम्भमा मानव अधिकार र सामाजिक न्यायका मुद्दामा बहस गरेका थिए। पछिल्लो समय उनले व्यावसायिक कानुनको एक प्रमुख विज्ञका रूपमा आफ्नो नाम स्थापित गरेका छन्। उनी विभिन्न जिल्ला अदालत,उच्च अदालत पाटन, र सर्वोच्च अदालतमा निरन्तर कानुनी अभ्यास गर्दै आएका छन्।

विभिन्न सार्वजनिक संस्थान, स्थानीय निकाय तथा वित्तीय संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा कार्य गर्दै देशको कानुनी प्रणालीलाई सुदृढ बनाउने अभियानमा उनी संलग्न छन्। वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्र टिमबाट निर्वाचित कोइरालाले टिम र कानुन व्यवसायीका सुझाव, सल्लाह र प्रतिक्रियालाई समेट्दै घोषणापत्र कार्यान्वयमा लैजाने दृढता व्यक्त गर्छन्।

नेपाल विद्युत प्राधिकरणको मिड–मस्र्याङ्दी जलविद्युत आयोजनाको दाबी समाधान समितिमा कानुनी सल्लाहकारका रूपमा कार्यरत कोइरालाले श्रम व्यवस्थापन विवाद समाधानका लागि सरकारद्वारा गठित खिम्ती जलविद्युत परियोजनाको न्यायाधिकरण सदस्यका रूपमा पनि काम गरेका थिए।

वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा लघुवित्त कम्पनीहरूको स्थापनामा कानुनी परामर्श प्रदान गर्दै आउनुभए कोइराला नेपाल बार काउन्सिल तथा अधिवक्ताहरूका लागि विशेष प्रशिक्षण कार्यक्रमहरूमा प्रशिक्षकका रूपमा पनि काम गरिरहेका छन्। वरिष्ठ अधिवक्ता कोइराला कानुनी ज्ञान अभिवृद्धि तथा अनुसन्धानमा विशेष सक्रिय रहेका छन्।

सन् १९९५ मा सिड्नी विश्वविद्यालय, अस्ष्ट्रलियमा भएको संयुक्त राष्ट्रसंघ प्रणाली र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षणमा नेपालबाट सहभागिता जनाए। उनले “नेपालको कानुनी शिक्षा“ (२०००),“सुशासनमा महिला सहभागिता (२००३), “मानव अधिकार सचेतनामाला“ लगायतका महत्त्वपूर्ण पुस्तकहरू लेखेका छन्। नेपालको संविधान, बैंकिङ, बीमा,व्यापार तथा लगानी कानुनसम्बन्धी तीन दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशन गरिसकेका छन्।

वरिष्ठ अधिवक्ता कोइराला नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन (२०१८–हालसम्म) तथा उच्च अदालत पाटन बार एसोसिएसन (१९९६ – २०१७) मा रहेर विभिन्न जिम्मेवारी पूरा गरेका छन्। वरिष्ठ अधिवक्ता कोइरालाको कानुनी यात्रा केवल कानुनी अभ्यासमा सीमित छैन।

वरिष्ठ अधिवक्ता कोइरालाले मानव अधिकार, व्यावसायिक कानुन तथा न्याय प्रणाली सुधारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्।

हेर्नुहोस् निर्वाचनअघि उनको टिमले तयार पारेको भिडियो सामग्री

प्रकाशित: २०८१ चैत २८ गते बिहिबार ०२:३७
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना