२०८३ कार्तिक १२ गते बुधबार

गिजोलियो विश्व व्यापार, फेरि अमेरिका-चीन ट्रेड वार

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत २९
xi_trump

बेइजिङ- चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्‍याउने बताएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो। चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागू गर्ने थप करहरूलाई बेवास्ता गर्नेछ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले पालैपालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खडा गर्न थालेपछि एक सातासम्म विश्व अर्थबजारमा उथलपुथल मच्चिएपछि बेइजिङले ट्रम्पको बढ्दो झुकावलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ भन्दै खारेज गरिदिएको छ।

ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ भने जवाफमा अमेरिकाले अराजकताको लागि ‘पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने’ बताएको छ।

ट्रम्पले निर्माताहरूलाई अमेरिकामा आफूलाई आधार बनाउन र देशहरूलाई अमेरिकी सामानहरूमा अवरोधहरू कम गर्न बाध्य पार्ने छडीको रूपमा दर्जनौँ प्रमुख मुलुककका लागि पीडादायी भनिएको व्यापक अतिरिक्त करहरू लागू गरेका छन्।

यस हप्ता बजार उथलपुथल पछि ट्रम्पले विश्व वाणिज्यको युद्धपछिको प्रणालीलाई पुनः मोडेल गर्न आफ्नो योजनाबाट पहिलोपटक पछि हट्दै बुधबार ९० दिनको लागि धेरै मुलुकमाथि लगाइएको करलाई स्थगन गरेका थिए। यद्यपि उनले चिनियाँ सामानको आयातमा लगाइएको अतिरिक्त करलाई निरन्तरता दिँदै कर वृद्धिलाई कुल १४५ प्रतिशतको आश्चर्यजनक विन्दुमा पुर्‍याए।

बेइजिङको पछिल्लो चरणको प्रतिशोधका कारण शनिबारदेखि लागू हुने गरी कर १२५ प्रतिशत पुगेको छ। चिनियाँ अर्थ मन्त्रालयले अमेरिकाले चालेको थप कदमलाई नजरअन्दाज गरिने पनि बताएको छ। चीनले ‘हालको भन्सार स्तर’मा चीनमा निर्यात हुने अमेरिकी सामानका लागि बजार स्वीकृतिको कुनै सम्भावना छैन।

चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले चीनमाथि असामान्य रूपमा उच्च करको चरणवद्ध वृद्धि लागू गर्नु अर्थशास्त्रीय आधारमा कुनै व्यावहारिक महत्व छैन।’ मन्त्रालयका एक प्रवक्ताले भने, ‘यदि अमेरिकाले करवृद्धिको ‘नम्बर खेल’ जारी राख्यो भने चीनले यसलाई बेवास्ता गर्नेछ।

बेइजिङले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा पनि पछिल्लो चरणको करका विषयमा मुद्दा दायर गर्ने बताएको छ।

ट्रम्पले आफ्नो कर रणनीतिबाट उत्पन्न ‘संक्रमण लागत र सङ्क्रमण समस्याहरू’ स्वीकारेका छन् तर उनले आफ्नो निर्णयका कारण विश्वव्यापी बजार उथलपुथल भएको भन्ने कतिपय विश्लेषकहरूको दावीलाई अस्वीकार गरेका छन्

‘अन्तमा यो एक सुन्दर कुरा हुनेछ,’ उनले भने।

उनले युरापेली सङ्घ (इयू)लाई प्रतिशोधात्मक करबाट जोगिन ‘निकै विवेकी’ भएको बताएका छन्।

‘इयू प्रतिशोधको घोषणा गर्न तयार थियो। त्यसपछि उनीहरूले चीनको सन्दर्भमा हामीले के गर्यौं भन्ने कुरा हेरे र सही निर्णय लिए,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने।

यद्यपि, २७ सदस्यीय इयू समूहकी प्रमुख उर्सुला भोन डेर लेयेनले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै यदि ट्रम्पसँगको वार्ता असफल भयो भने उसले ‘व्यापक प्रतिकारात्मक उपाय’ अपनाउने बताएका छन्।

‘एक उदाहरण के हुनसक्छ भने हामी डिजिटल सेवाहरूको विज्ञापन राजस्वमा कर लगाउन सक्नेछौँ,’ उनले भने।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि इयूलाई करको प्रतिकार गर्नका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

‘युरोपेली आयोगको छलफलमा हामीले आफूलाई बलियो रूपमा देखाउनुपर्छः युरोपले सबै आवश्यक प्रतिकारात्मक उपायहरूमा कदम चाल्न जारी राख्नुपर्छ,’ उनले एक्समा भने।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग शुक्रबार भएको वार्तामा सीले चीन र इयूले यस विषयमा मिलेर काम गर्नुपर्ने बताएका थिए। ‘चीन र युरोपले आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्छ र संयुक्त रूपमा अमेरिकाको एकपक्षीय दादागिरीपूर्ण अभ्यासको प्रतिरोध गर्दछ,’ सीले भने।

उनले अगाडी भने, ‘यसले उनीहरूको आफ्नै वैध अधिकार र हितको रक्षा मात्र गर्दैन, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा पनि गर्नेछ।’

वाल स्ट्रिटमा नयाँ गिरावट आएपछि शुक्रबार एसियाली बजारमा पुनः दबाब सिर्जना भएको छ।

टोकियोमा चार प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने सिड्नी, सियोल, सिङ्गापुर र अन्य देशमा पनि गिरावट आएको छ।

चीनको पछिल्लो निर्णयबाट युरोपेली बजार पनि पछि हटेको छ।

तेलको मूल्य र डलरको मूल्य विश्वव्यापी मन्दीको डरले ओरालो लागेको छ भने सुनको मूल्य ३,२०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

‘एसपीआई एसेट म्यानेजमेन्ट’का स्टिफन इन्सले भने, ‘ट्रम्पको कर वृद्धिबाट चिनीको उच्च स्तर द्रुत गतिमा कम हुँदै गएको छ।’

‘विश्वका दुई ठूला अर्थव्यवस्थाहरू पूर्ण रूपमा विकसित व्यापार युद्धमा छन् र त्यहाँ कुनै विजेताहरू छैनन्।

ट्रम्पका नीतिका आलोचकहरू भन्छन् कि यसले जटिल आपूर्ति श्रृङ्खलामा निर्भर कम्पनीहरूको लागि अराजकता निम्त्याइरहेको छ, नजिकका सहयोगीहरूलाई अलग गरिरहेको छ र अमेरिकी उपभोक्ताहरूको लागि सामानहरू थप महँगो बनाइरहेको छ।

तर उनका वाणिज्य सचिव हावर्ड लुटनिकले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वर्ण युग आउँदैछ। हामी हाम्रो हितको रक्षा गर्न, विश्वव्यापी वार्तामा संलग्न हुन र हाम्रो अर्थव्यवस्थालाई बलियो पार्न गर्न प्रतिबद्ध छौँ।’

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले ९० दिनपछि कर फिर्ता आउन सक्ने चेतावनी दिएका छन्।

‘यदि हामी सम्झौता गर्न सक्दैनौं भने हामी जहाँ थियौँ, त्यहीँ फर्कन्थ्यौँ,’ उनले भने।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको कदमलाई ‘स्वागतयोग्य राहत’ को संज्ञा दिँदै ओटावाले अप्रिल २८ मा हुने निर्वाचनपछि नयाँ आर्थिक सम्झौताका लागि वासिङ्टनसँग वार्ता थाल्ने बताएका छन्।

भियतनामले अमेरिकासँग व्यापार वार्ता सुरु गर्न सहमति जनाएको छ भने पाकिस्तानले वासिङ्टनमा प्रतिनिधिमण्डल पठाउने भएको छ।

ट्रम्पको व्यापार युद्धविरुद्ध चीनले सहयोगी खोज्न सङ्घर्ष गरिरहँदा राष्ट्रपति सीले अर्को साता भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमण गर्ने भएका छन्। -रासस

प्रकाशित: २०८१ चैत २९ गते शुक्रबार ०७:४१
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना