काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन्।
कार्यशैलीमा प्रश्न उठेको भन्दै कांग्रेसकै अर्का एक मन्त्रीले उनलाई राजीनामा दिन सल्लाह दिएका थिए।
तर त्यसलाई अटेर गर्दै आएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट सरकारले हटाएको भन्दै मन्त्री तामाङले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाएका थिए।
सोही विषयमा ऊर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री ओलीसँग तामाङको टसल भएको थियो।


