काठमाडौँ- रेशम चौधरीलाई पक्राउ गर्ने सर्वोच्च अदालतले पठाएको पत्रलाई सर्वोच्च अदालतले नै अनधिकृत भनेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।
‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्टले बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए।
उक्त पत्रका आधारमा नाउपा संरक्षक चौधरी पक्राउ परेका थिए भने प्रहरीले चौधरीलाई डिल्लीबजार कारागार बुझाएको थियो।
रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पठायो पत्र, चिठी लेख्ने विष्ट पक्राउ


