काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिरामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्।
यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए।


