नयाँदिल्ली- भारतको राजधानी नयाँदिल्ली आसपासका क्षेत्रमा शुक्रवार भारी वर्षा भएको छ। आँधी-तूफान र भारी वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको छ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीको नजफगढमा एक घर भत्किँदा तीन बालबालिका र एक महिलाको ज्यान गएको छ।
वर्षाले दिल्ली विमानस्थलमा पनि असर पारेको छ। आँधी-तूफानका कारण दिल्ली विमानस्थलबाट तीन उडान डाइभर्ट गरिएको छ भने १०० भन्दा बढी उडानहरू निर्धारित समयभन्दा ढिलो भएका छन्।
विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको जनाइएको छ। तर, केही उडानमा खराब मौसमको असर परेको उल्लेख गरिएको छ।


