काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई आठौँ पटक पनि म्याद थपिएको छ।
मिश्रलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो।
गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थप भएको प्रहरीले जानकारी दिएको छ।
मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गराउने तयारी गरिरहेको छ।
दुर्गा प्रसाईंलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुर लगाएको छ।


