काठमाडौँ- प्रतिनिधि सभाले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रस्ताव राखेको विधेयक सर्वसम्मतिले पारित भएको हो।
विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो।
विधेयक राष्ट्रियसभामा उत्पति भएको हो।
विधेयक प्रमाणीकरण भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ।


