काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० मा कुल लगानी ५ प्रतिशतले घट्ने अनुमान गरिएको छ। अर्थमन्त्री डा प्रकाशशरणम महतले प्रतिनिधि सभामा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो प्रक्षेपण गरेको हो।
आर्थिक वर्ष २०७६/७७ मा २५.९ प्रतिशतले घटेको कुल लगानी त्यसपछिका दुई वर्षमा बढेको भए तापनि यस आर्थिक वर्ष घट्न अनुमान गरिएको हो। चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्रमा कुल लगानी १७ खर्ब ५४ अर्ब १६ करोड हुने अनुमान गरिएको छ।
पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनको लगानी अर्थात पुँजी निर्माण ४१.४ प्रतिशत रहेकोमा चालु आर्थिक ३२.६ प्रतिशत सीमित हुने अनुमान छ। चालु आर्थिक वर्ष कुल स्थिर लगानी गत आर्थिक वर्षको तुलनामा ३.४ प्रतिशतले घट्ने अनुमान छ। विगत दश वर्षमा कुल लगानी र स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको औषत ३४.४ प्रतिशत र २९.२ प्रतिशत रहेको थियो।
कुल स्थिर लगानीमा सरकारी र निजी क्षेत्रको अंश बढ्दै गएको छ भने सार्वजनिक संस्थानको अंश घट्दै गएको छ। चालु आर्थिक वर्षमा कुल स्थिर लगानी १२ अर्ब ५६ अर्ब ४६ करोड रहने अनुमान गरिएको छ।
यस्तो लगानीमा सरकारी लगानीको योगदान २०.८ प्रतिशत, निजी लगानी ७६.९ प्रतिशत र सार्वजनिक संस्थानको लगानी २.४ प्रतिशत रहने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष यस्तो लगानीमा सरकारी क्षेत्रको योगदान २१.१ प्रतिशत निजी क्षेत्रको ७४.२ प्रतिशत र सार्वजनिक संस्थानको ४.८ प्रतिशत रहेको थियो।
यस्तो छ आर्थिक सर्वेक्षण


