काठमाडौँ- पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पहिलोपटक पूर्वप्रधानमन्त्री नेपालसहितका ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी मुद्दा चलाएको हो। हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अन्यको हकमा भने बिगो रकम फरक फरक छ।
यी हुन् प्रतिवादी
नेपालसँगै यो प्रकरणमा प्रतिवादी हुनेमा कानुनमन्त्री प्रेमबहादुर सिंह र तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेका (उनका छोरा सन्तोष श्रेष्ठ) छन्।
तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्त छन्। यसैगरी तत्कालीन सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
यसैगरी तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।
• तत्कालीन शाखा अधिकृत सीताराम पोखरेल
• तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की
• तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार
• तत्कालीन मालपोत अधिकृत केदारनाथ भट्टराई
• खरिदार मोहनराम शर्मा
• मालपोत अधिकृत जनार्दन गुरागाईं
• मालपोत अधिकृत बेदप्रसाद अर्याल
• मालपोत अधिकृत शिवहरि शर्मा सुवेदी
• नायब सुब्बा विनोद कोइराला
• तुलामणि राजभण्डारी
• कृष्णप्रसाद सापकोटा
• खरिदार हरिप्रसाद हुमेगाईं
• गुठी संस्थान काभ्रेका तत्कालीन कायम मुकायम प्रमुख कृष्णहरि भट्टराई
• संस्थान काभ्रेकै वरिष्ठ सहायक पवन आचार्य
• संस्थान काभ्रेकै फाँटवाला माधव प्रसाद होमागाईं
• सनराइज बैंकका जुनियर म्यानेजमेन्ट ट्रेनी यशु मैनाली
• बैंककै उपप्रबन्धक मनोज न्यौपाने
• बैंककै वरिष्ठ सहायक विक्रान्त कोइराला
• बैंककै प्रमुख व्यवस्थापक रविन कुमार नेपाल
• बैंककै सहायक महाप्रबन्धक आशा राणा अधिकारी
• बैंककै जोखिम व्यवस्थापन विभागका प्रमुख सन्जयकुमार सिद्धी
• बैंककै अनुपालन विभागका सुनिलरत्न स्थापित
• बैंककै नायक महाप्रबन्धक बलराम विष्ट
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापक सदस्य शालिग्राम सिंह
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका भोजराज शर्मा वाग्ले
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका जीवनराज कँडेल
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका ध्रुवराज थापा
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका मनु घिमिरे
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका ओमप्रकाश वंश
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका भिमदत्त जोशी
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका विरेन्द्रलाल श्रेष्ठ
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका लक्ष्मण कार्की


