२०८३ कार्तिक १२ गते बुधबार

ए डिभिजन लिगको शीर्ष १० गोलकर्तामा एक मात्र नेपाली खेलाडी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १५
dipak thakuri

काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको आज आइतबार २२ औं चरणका अन्तिम दुई खेल हुँदैछन्। लिग अन्तिम अवस्थामा आइपुग्दा पनि अंक तालिकामा धेरै उचारचढाव देख्न सकिन्छ। त्यस्तै, गोलकर्ताको सूची पनि निकै पेचिलो देखिएको छ। २२ खेल भइसक्दा अहिलेसम्म सर्वाधिक धेरै गोल गर्ने खेलाडीले १५ गोल गरेका छन्।

लिगमा समान १५ गोल गर्ने दुई खेलाडी रहेका छन्। ति दुवै वेदेशि खेलाडी हुन्। लिग खेलिरहेका धेरै खेलाडी नेपाली भए पनि शीर्ष गोलकर्ताको तालिका हेर्ने हो भने शीर्ष १० भित्र एक मात्र नेपाली खेलाडी छन्। त्यो पनि पाँचौ स्थानमा मात्र।

ति खेलाडी हुन सातदोबाटो युवा क्लबका दिपक सिंह ठकुरी। उनले अहिलेसम्म २२ खेलबाट १२ गोल गरेका छन्। यो गोलसंख्या शीर्ष गोलकर्ता अफिज आलोवाले ओलादिपोको तुलनामा तीन गोल कम हो।

२३ वर्षका यि फरवार्डले यही वर्ष मात्र ए डिभिज लिगमा डेब्यु गरेका हुन्। त्यससँगै उनले राष्ट्रिय टिमबाट खेल्ने अवसर पनि पाइसकेका छन्। उनले त्यसमध्ये एपिएफ, हिमालयन शेर्पा, संकटा र एनआटी क्लबविद्ध एकै खेलमा समान २–२ गोल गरिसकेका छन्।

त्यस्तै, उनले मनाङ मस्र्याङ्दी, जावलाखेल, खुमलटार, फ्रेन्ड्सक्लबविरुद्ध पनि समान १–१ गोल प्रहार गरिसकेका छन्।

ओलावाले।

जारी लिगमा सबैभन्दा धेरै समान १५–१५ गोल गर्नेमा नाइजेरियका ओलावालेसँगै क्यामरुनका मेसुको ओलोमोउ पनि रहेका छन्। मछिन्द्रका ओलावालेले एक पेनाल्टीसहित १५ गोल गर्दा मेसुकेले पेनाल्टीमा गोल गरेका छैनन्।

यता ओलावालेले १८ खेले खेलेका छन् भने मेसुकेले १५ खेल मात्र खेलेका छन्। त्यस्तै, तेस्रो स्थानको एनकोटो स्यानोस मसोआबीले पनि एक पेनाल्टीसहित १४ गोल गरेका छन्। उनी लेसोथोका खेलाडी हुन्। त्यस्तै, चौथो स्थानको राफिक अमिनु(घाना)ले पनि १३ गोल गरिसकेका छन्। दिपक पाँचौ स्थानमा हुँदा टोगोका कोफी टिमोथीले भने १७ खेलमा ९ गोल गरिसकेका छन्।

मेसुकेसँगै मैदानमा देखिने क्यामरुनकै स्टेफेन समिर विनोङले पनि लिगमा ८ गोल गरिसकेका छन्। यि दुई खेलाडी मिलेर २३ गोल गरिसकेका छन्। यद्यपी खुमलटार अहिलेसम्म तालिकाको पुछारमा रहेको छ।

यता मो गोल अंकतालिकाको आठौं स्थानमा छन् जावलाखेलका फोडे फोफाना उनी गुनियाका हुन्। उनले अहिलेसम्म आठ गोल गरिसकेका छन्। त्यस्तै, एपिएफका अरमान्ड बेगोम(चाड)ले पनि समान ८ गोल गर्न गरेका छन्। तर उनले २२ खेल नै खलेका कारण तालिकामा पछि छन्। यता, थ्रिस्टारका अजयी मार्टिन्सले अहिलेसम्म सात गोल गरिसकेका छन्। नाइजेरियाका यि खेलाडीले २२ खेलमा सात गोल गरेका हुन्।

मेसुके ओलोमेउ। खुमलटारका खेलाडी।

प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०२:३९
प्रतिक्रिया

थप समाचार

ए डिभिजनका चार खेल, खुमलटार अन्तिम खेल नखेल्ने पक्षमा

काठमाडौं – खुमलटार फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा सहभागी नुहुने जानकारी दिएको छ। उसले रेलिगेसन क्षेत्रमा रहेका टिमहरुको खेल...

उपाधि विजेताको टुंगो लागेपछि ए डिभिजन लिगले पायो मुख्य प्रायोजक

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको न्तिम १० खेल बाँकी रहँदा अखिल नेपाल फुटबल संघ एन्फाले  लिगको लागि मूख्य प्रायोजक पाएको छ। एन्फाका प्रवक्ता सुरेश साहले लिगको अन्तिम समयमा भए पनि संघले मूख्य...

उपाधि दावेदार मछिन्द्र पुलिससँग पराजित

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले हार बेहोरेको छ। आइतबार च्यासल रंगशालामा सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई २–१ ले हराएको...

‘जावलाखेल र चर्च बोइजलाई हराउन सक्ने क्षमताको टिम थ्रिस्टार’

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगका कुनै समयका स्टार क्लब मनाङ मस्र्याङ्दी क्लब र थ्रिस्टार क्लबले यो वर्ष राम्रो टिम बनाउने र लिग जित्ने योजना बनाएनन्। यद्यपि फरक फरक समयमा जारी लिगमा यि...

ऐतिहासिक उपाधिको नजिक चर्च बोइज, होडबाटै बाहिरियो जावलाखेल

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको २३ औं चरणमा जित निकालेर उपाधि सम्भावना बलियो बनाउने दाउमा थिए चर्च बोइज क्लब र जावलाखेल क्लब। शनिबार दशरग रंगशालामा यि दुई टिमबीच खेल हुँदा दुवैको गोल गर्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना