काठमाडौं – खुमलटार फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा सहभागी नुहुने जानकारी दिएको छ। उसले रेलिगेसन क्षेत्रमा रहेका टिमहरुको खेल एकै दिन एकै समयमा नभएको भन्दै अन्तिम खेलमा सहभागी हुन नसक्ने बताएको हो।
अहिले २७ अंक बनाएको खुमलटार ए डिभिजत लिग अंक तालिकाको पुछारमा रहेको छ। उसलाई रेलिगेसनबाट बँचाउन अब धेरै गाह्रो छ। किनभने उसले गोलफरक नै १८ गोल रहेको छ।
अन्तिम खेलमा उसले जित निकाले पनि रेलिगेसनमा पर्ने सम्भावना धेरै रहेको। यता उसले अन्तिम खेलमा उपाधि विजेता चर्च बोइजको सामना गर्दैछ। तर खुमलटारले एन्फालाई पत्र लेख्दै रेलिगेसन क्षेत्रमा रहेका टोलीहरुबीचको खेल एकै समयमा हुनुपर्ने माग गरेको छ।
‘ए डिभिजन लिगको अन्तिम खेल रेलिगेसनका लागि लडिरहेका टोलीहरुको खेल फिफा फेयर प्लेअनुसार एकै दिन एकै समयमा खेलाउन माग गर्दै पत्राचार गरिए पनि अहिले सम्म त्यसको जवाफ नआएकाले नेपाली फुटबलको संरक्षक एन्फा नै स्वच्छ खेल होस् भन्ने चाहनामा नभएको अनुभुती हामीलाई भयो। त्यसैले लिगको अन्तिम खेल नखेल्ने जानकारी यसै पत्रमार्फत दिन चाहन्छौ,’ खुमलटारले एन्फालाई पठाएको पत्रमा उल्लेख गरिएको छ।
खुमलटार २५ खेलमा २७ अंक जोडेर पुछारमा छ। रेलिगेसनबाट जोगिन खुमलटारलाई जित्नैपर्ने दबाब छ।
चर्च ब्वाइज भने एक खेल अगाबै च्याम्पियन बनिसकेको छ। चर्च २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
शुक्रबार नै रेलिगेसन क्षेत्रको एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै रेलिगेसन क्षेत्रको अर्को टोली थ्री स्टारको खेल भने शनिबार रहेको छ। थ्री स्टारले अन्तिम खेलमा जावलाखेलको सामना गर्नेछ।
ए डिभिजल लिगमा आजका खेलः
खुमलटार क्लब र चर्च बोइज, दिउँसो ३ बजे एन्फा कम्प्लेक्स
पुलिस कलब र सातदोबाटो युवा क्लब, दिउँसो ३ बजे च्यासल रंगशाला
एफिएफ क्लब र फ्रेन्ड्स क्लब, दिउँसो ३ बजे दरशथ रंगशाला
त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब, साँझ ६ बजे दशरथ रंगशाला
ए डिभिजन लिगमा भोलि शनिबार हुने खेलः
संकटा क्लब र न्यु रोड टिम, २ बजे च्यासल रंगशाला
मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लब, २ बजे दशरथ रंगशाला
जावलाखेल युवा क्लब र थ्रीस्टार क्लब साढे ५ बजे दशरथ रंगशाला


