काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले २० निकाय खारेज गरेको बताएका छन्।
खारेज भएका संस्थाले आगामी मंसिर मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्ने मन्त्री महतले उल्लेख गरेका हुन्।
यसका साथै खर्च कटौती गर्न सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिएको मन्त्री महतले बताएका छन्।
नेपाल सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्था खारेज गरिने मन्त्री महतले उल्लेख गरे। महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एक अर्कामा गाभिने समेत बताए।
अर्थमन्त्री महतका अनुसार पर्यटन प्रवद्र्धन विकास समितिहरुलाई प्रदेश सरकार र स्थानीय सरकारमा हस्तान्तरण गरिने समेत बताए।


