काठमाडौं- आगामी आर्थिक वर्षको बजेट मार्फत नेपाल उड्डयन प्राधिकरणलाई विभाजन गर्ने नीति अगाडि सारिएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सदनमा बजेट प्रस्तुत गर्दै प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा विभाजन गर्ने उल्लेख गरेका हुन्।
सरकारले विभाजनसम्बन्धी ऐन ल्याएर प्राधिकरणलाई विभाजन गर्नेछ। यससम्बन्धी कानुन निर्माणको काम सम्पन्न गरेपछि मात्र यो घोषणा कार्यान्वयनमा आउनेछ।


