काठमाडौं- सामाजिक सुरक्षा भत्ताका लागि आगामी आर्थिक वर्ष बजेट मार्फत १ खर्ब ५७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
६८ वर्ष उमेर कायम भएका वृद्धभत्तालाई ४ हजार का दरले दिने व्यवस्थालाई निरन्तरता दिइएको छ। यसैगरी ६० वर्ष उमेश पुरा भएका दलितहरुलाई दिने भत्तालाई पनि निरन्तरता दिइने भएको छ।
सामाजिक सुरक्षा भत्तालाई व्यवस्थिति गर्न यसमा रहेको दोहोरपन हटाइने घोषणा बजेट मार्फत गरिएको छ। यसैगरी भत्ता वितरण बैंकिङ प्रणाली मार्फत दिइने व्यवस्था मिलाउने र सामाजिक सुरक्षा भत्ताका लागि दिगो स्रोतको खोजी गरिने समेत बजेटमा उल्लेख गरिएको छ।
बजेटमा ‘कोखदेखि शोकसम्म सामाजिक सुरक्षा’लाई नाराका रूपमा उल्लेख गरिएको छ। यो नारा नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि बनाएको घोषणापत्रमा पनि उल्लेख थियो। डा महत कांग्रेसको प्रतिनिधित्व गर्दै सांसद र मन्त्री भएका हुन्।


