काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेमा सक्रिय हुने विषयमा अघि बढिसकेको र पछि हट्ने अवस्थामा नरहेको बताएकी छन्। भंगालमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
‘म अघि बढिसकेँ, खुट्टा कमाउदिनँ,’ उनले भनिन्। आफू एमालेको राजनीति गर्ने कुरामा भयभीत नहुन पनि उनले आग्रह गरेकी छन्।
आफ्नो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिएको प्रति उनको आपत्ति छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीको प्रवक्ता बनेर जथाभावी नबोल्न चेतावनी दिएका थिए। उनले भण्डारीलाई राजनीतिमा नफर्कन पनि सुझाव दिएका छन्।


