२०८३ कार्तिक ११ गते मङ्गलबार

१० क्लबले कालोपट्टी बाँधेर लिग खेल्ने, खेलाडी राष्ट्रिय टिममा नपठाउने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १८
nepali national football team

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा भएको अव्यवस्थापनको विरोध गरिरहेका विभिन्न १० क्लबले कालो पट्टी बाँधेर लिग खेल्ने बताएका छन्। आफूले पाउनु पर्ने तयारी खर्च नपाएको, म्याच मनि नदिएको, खेलाडीलाई मार पर्ने गरि कर काटेको, अभ्यासका लागि बललगायत सामान उपलब्ध नगराएको भन्दै विरोध गरिरहेका क्लबहरुले आयोजक एन्फाको विरोधस्वरुप कालो पट्टी बाँधेर लिग खेल्ने जानकारी दिएका हुन्।

अहिले नेपालमा सहिद स्मारक ए डिभिजन लिग चलिरहेको छ। यसैबीच अखिल नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा गरेर अभ्यासका लागि बोलाएको छ। भारतमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले टोली घोषण गरेका थिए। तर लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने जानकारी प्रेस विज्ञप्तिमार्फत् दिएका छन्।

लिग खेलिरहेका १० क्लबले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै लिगपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेको जानकारी दिएका हुन्।

एन्फाले शीर्ष डिभिजनका क्लबलाई तयारी खर्च स्वरूप पहिलो किस्तामा १५ लाख, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा ७ लाख ५० हजार दिने निर्णय गरेको थियो। पहिलो किस्ताको रकम भने क्लबले पाईसकेका छन्। बाँकी रकमा उनीहरुले नपाएको गुनासो गरेका छन्। यस्तै एन्फाले हरेक खेलको विजेतालाई म्याच मनि वापत ५० हजार, खेल बराबरी भएका २५–२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार दिने निर्णय गरेको थियो।

प्रकाशित: २०८० जेठ १८ गते बिहिबार ०३:०९
प्रतिक्रिया

थप समाचार

ए डिभिजनका चार खेल, खुमलटार अन्तिम खेल नखेल्ने पक्षमा

काठमाडौं – खुमलटार फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा सहभागी नुहुने जानकारी दिएको छ। उसले रेलिगेसन क्षेत्रमा रहेका टिमहरुको खेल...

उपाधि विजेताको टुंगो लागेपछि ए डिभिजन लिगले पायो मुख्य प्रायोजक

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको न्तिम १० खेल बाँकी रहँदा अखिल नेपाल फुटबल संघ एन्फाले  लिगको लागि मूख्य प्रायोजक पाएको छ। एन्फाका प्रवक्ता सुरेश साहले लिगको अन्तिम समयमा भए पनि संघले मूख्य...

उपाधि दावेदार मछिन्द्र पुलिससँग पराजित

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले हार बेहोरेको छ। आइतबार च्यासल रंगशालामा सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई २–१ ले हराएको...

‘जावलाखेल र चर्च बोइजलाई हराउन सक्ने क्षमताको टिम थ्रिस्टार’

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगका कुनै समयका स्टार क्लब मनाङ मस्र्याङ्दी क्लब र थ्रिस्टार क्लबले यो वर्ष राम्रो टिम बनाउने र लिग जित्ने योजना बनाएनन्। यद्यपि फरक फरक समयमा जारी लिगमा यि...

ऐतिहासिक उपाधिको नजिक चर्च बोइज, होडबाटै बाहिरियो जावलाखेल

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको २३ औं चरणमा जित निकालेर उपाधि सम्भावना बलियो बनाउने दाउमा थिए चर्च बोइज क्लब र जावलाखेल क्लब। शनिबार दशरग रंगशालामा यि दुई टिमबीच खेल हुँदा दुवैको गोल गर्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना